बुधबार, असार १०,२०८३ 04:10:05
Bizshala
  • बुधबार, असार १०,२०८३ 04:10:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कारोबारसँगै बढ्यो नेप्से परिसूचक, जानकार भन्छन्, ‘परिपक्व लगानीकर्ताको आगमनले मजबुत बन्दै बजार’

Laxmi Sunrise Bank Limited
कारोबारसँगै बढ्यो नेप्से परिसूचक, जानकार भन्छन्, ‘परिपक्व लगानीकर्ताको आगमनले मजबुत बन्दै बजार’

काठमाण्डौ । सेयरबजारको वृद्धि आजपनि जारी रहेको छ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.३७ प्रतिशत अर्थात ९.९३ अंकले बढेर २ हजार ६४९.३० विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५० प्रतिशतले बढेर ४५७.२३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३४ वटा स्क्रिप्टको १ करोड ४८ लाख ३१ हजार २४१ कित्ता सेयर ७ अर्ब १२ करोड ३३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आजको कारोबार अघिल्लो दिनको तुलनामा बढी हो । अघिल्लो दिन भने ६ अर्ब ४७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

New Office
CG Motors
Garima Development Bank

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल भन्छन्, ‘लामो समयदेखि राजनीतिक अस्थिरताका कारण माथि उक्लिन नसकेको सेयरबजारमा हिजो र आज सूचकसँगै भोल्युममा पनि उल्लेख्य सुधार देखिएको छ । यो सबै राजनीतिक परिस्थिति राम्रो हुँदै जानु र लगानीकर्ताहरुमा कन्फिडेन्ट बढ्नुको परिणाम हो । पछिल्लो एकदुई दिनको राजनीतिक परिस्थिति हेर्दा अब चुनाव हुने निश्चित देखिएको र चुनावपछि नयाँ सरकार आउने पक्कापक्कीले बजारमा रहेका परिपक्व लगानीकर्ताहरु बजार छिरेका छन् ।’

उनले थपे, ‘नयाँसँगै पुराना दलहरु पनि चुनावी वातारणमा रहेका छन् । चुनावको लागि तम्तयार देखिएका छन्, यस्तो अवस्थाले बजारमा लगानीकर्ताहरुमा छुट्टै उत्साह देखिएको छ । साथै केही दिनयता बजारमा भोल्युम पनि लगातार बढीरहेको छ । ३ अर्बमा सीमित रहेको कारोबार रकम ४ अर्ब, ५ अर्ब हिजो ६ अर्ब र आज ७ अर्बमाथिको कारोबार हुनुले सेयरबजारले म्याचुरिटि देखाइरहेको छ भन्ने बुझ्न सकिन्छ । बजारमा पाका लगानीकर्ताहरु अब सेयर किन्नुपर्छ भन्ने मनस्थितिले बजार छिरेको बुझ्न सकिन्छ ।’

त्यस्तै, अर्का बजार जानकार अजय सिं थापा (जय शम्भु)भन्छन्, ‘बजारले पुरानो हाई ब्रेक गरेको छ, नेप्सेको चार्ट हेर्दा करेक्सनपछिको प्रिभियस हाई ब्रेक गरेको देखिन्छ । अब यो ब्रेक गरिसकेपछि मार्केट करेक्टिभ वेमार्फत नै २८ सय माथि जाने देखिन्छ तर बुलिस ट्रेण्ड भने कन्फर्म गरिसकेको छैन । बजारमा भोलुम केही बढेको छ तर त्यस्तो सुधार पनि देखिदैन ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये दुईवटा बाहेक अन्य सबैमा हरियाली छायो । आज फाइनान्स समूह सर्वाधिक अर्थात २.८७ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज ०.४३ प्रतिशत, विकास बैंक ०.७९, हाईड्रो ०.१३, लगानी ०.३२, जीवन बीमा ०.०४, लघुवित्त ०.८४, म्युचुअल फण्ड ०.४५, निर्जीवन ०.१२, अन्य ०.७७ र व्यापार ०.५४ प्रतिशतले बढ्यो ।

आज होटल र उत्पादन तथा प्रशोधन समूह मात्रै घटे । यी समूहहरु क्रमशः ०.२३ र ०.५१ प्रतिशतले घटे ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

आज एसवाई प्यानलको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २४ करोड ८८ लाख बढीको सेयर कारोबार भयो ।

यस्तै, बुटवल पावरको २३ करोड ६७ लाख, शिवम् सिमेन्टको २३ करोड ४७ लाख, बन्दीपुर केवलकारको २१ करोड ५५ लाख र मन्जुश्री फाइनान्सको १९ करोड ८१ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज जीवन विकास लघुवित्त र थ्रिस्टार हाईड्रोको सेयरमूल्यमा अपर सर्किट लाग्यो । यस्तै जानकी फाइनान्सको सेयरमूल्य ५.८३ प्रतिशत, गूडविल फाइनान्सको ५.४६ र एसवाई प्यानलको सेयरमूल्य ५.४३ प्रतिशतले बढ्यो ।

यो दिन रुरु जलविद्युतको सेयरमूल्य सर्वाधिक अर्थात ८.४१ प्रतिशतले घट्यो। ट्रेड टावरको सेयरमूल्य पनि आज ६.२६ प्रतिशत, सान्भी इनर्जीको ५.६१ र बन्दीपुर केवलकारको सेयरमूल्य ५.४२ प्रतिशतले घट्यो ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.