आईतवार, असार १५,२०८२ 10:09:45
  • आईतवार, असार १५,२०८२ 10:09:45
Global IME Bank Limited

झिनो अंकले बढ्यो नेप्से, ‘सकारात्मक बजेटको प्रतिक्षामा लगानीकर्ता’

Hyundai Nepal
झिनो अंकले बढ्यो नेप्से, ‘सकारात्मक बजेटको प्रतिक्षामा लगानीकर्ता’
Nabil Bank Limited

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.१८ प्रतिशत अर्थात ३.९३ अंकले बढेर २ हजार ११३.२७ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०८ प्रतिशतले घटेर ३७८.९२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा कम्पनीको ९३ लाख ३० हजार २९५ कित्ता सेयर ३ अर्ब ८९ करोड ३७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार अजय सिंह थापा(जयशम्भु) भन्छन्, ‘लगानीकर्ता बजेटअघिसम्म पर्ख र हेरको अवस्थामा बसेकाले आज बजार सामान्य अंकले मात्रै बढ्यो । केहि दिनदेखि बढेको बजारमा नाफा बुक पनि भएको देखिन्छ । यद्यपी बजार २१ सय विन्दुमाथि नै रहनु भने सकारात्मक विषय हो । लगानीकर्ताले बजेट पनि सेयर बजारमैत्री आउने आशा गरेका छन् । ’

लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा फुल्लेलले पनि अर्थमन्त्री पूँजी बजारप्रति सकारात्मक रहेकाले भोलिको बजेटमा पूँजीबजारलाई समेट्ने गरी केहि सम्बोधन हुने अपेक्षा गर्न सकिने बताए । त्यपछिको मौद्रिक नीति पनि बजेटसँग समन्वय गर्दै सकारात्मक नै आउने उनले बताए । ‘लगानीककर्ता धेरै मर्कामा रहेकाले यस्तो अपेक्षा गर्न सकिन्छ ।’ उनले भने ।  

 यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये १० वटा समूहमा हरियाली छायो भने अन्य ३ वटा समूहमा रातोा पोतियो । आज लगानी समूहमा सबैभन्दा धेरै वृद्धि देखियो । यो समूह आज १.८० प्रतिशतले बढ्यो ।  

CG Motors
Muktinath Bikas Bank Limited

त्यस्तै आज विकास बैंक समूह ०.६३ प्रतिशत,वित्त १.४१,हाईड्रो ०.२५,जीवन बीमा ०.४०,उत्पादन तथा प्रशोधन ०.७८,लघुवित्त ०.४३,म्युचुअल फण्ड ०.४९,अन्य ०.६४ र व्यापार समूह ०.२२ प्रतिशतले बढ्यो ।  

आज बैंकिङ समूह ०.७४, होटल ०.४९ र निर्जीवन बीमा ०.२२ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार  भयो । यो कम्पनीको आज २० करोड ४० लाख बढीको सेयर कारोबार  भयो । आज सिईडिबि हाईड्रोको १८ करोड ५२ लाख,पोखरा फाइनान्सको १८ करोड ४७ लाख र हाथवे इन्भेष्टमेन्टको १० करोड ४२ लाख बढीको सेयर कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

यो दिन ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज मुक्तिनाथ कृषि कम्पनी,नेपाल वेयरहाउजिङ र कालिञ्चोक दर्शनको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो ।  

यो दिन बुद्धभुमी नेपाल हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । आज सिक्लेस हाईड्रोको सेयरमूल्य ३.१७ र उपकार लघुवित्तको सेयरमूल्य २.९५ प्रतिशतले घट्यो ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.