आईतवार, असार १५,२०८२ 09:04:11
  • आईतवार, असार १५,२०८२ 09:04:11
Global IME Bank Limited

१३ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, गार्डियन माइक्रो लाइफका लगानीकर्ताले सर्वाधिक गुमाए

Hyundai Nepal
१३ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, गार्डियन माइक्रो लाइफका लगानीकर्ताले सर्वाधिक गुमाए
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक अंकले ३.४४ घटेर २६२०.३९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२२ कम्पनीको २ करोड १९ लाख ५ हजार ३११ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २४ करोड रुपैयाँमाथिको कारोबार भएको छ । बीमा समूहका दुई उपसमूहमध्ये आज जीवन बीमा समूह ०.३४ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसूचक ०.३७ प्रतिशतले बढेको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

आज १३ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा दुई लघुबीमा कम्पनी रहेका छन् । नेपाल माइक्रो इन्स्योरेन्सको सेयरभाउ १० प्रतिशतले बढेर १५२६.१० रुपैयाँ पुगेको छ भने क्रेष्ट माइक्रो लाइफको सेयरभाउ १० प्रतिशतले नै बढेर १२६१.७० पुगेको छ । त्यस्तै, एशियन लाइफको ०.५८ प्रतिशत, आइएमई लाइफको ०.१४ प्रतिशत, नेशनल लाइफको ०.०८ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.१५ प्रतिशत, हिमालयन एभरेष्टको ०.५३ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.५३ प्रतिशत, नेको इन्स्योरेन्सको १.४२ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.५८ प्रतिशत, आरबीसीएलको ०.०८ प्रतिशत र सानिमा जिआइसीको ०.३४ प्रतिशत र हिमालयन रि इन्स्योरेन्सको १.११ प्रतिशतले सेयरभाउ बढेको छ । 

आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने गार्डियन माइक्रो लाइफ रहेको छ । कम्पनीको सेयरभाउ २.४१ प्रतिशतले घटेर २३६१ रुपैयाँ कायम भएको छ । 

यसका साथै सिटिजन लाइफको ०.११ प्रतिशत, हिमालयन लाइफको ०.०१ प्रतिशत, एलआइसी नेपालको १.४२ प्रतिशत, नेपाल लाइफको १.०३ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.८४ प्रतिशत, सुर्यज्योति लाइफको ०.५३ प्रतिशत, सन नेपाल लाइफको १.०८ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.३६ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.७१ प्रतिशत, एनएलजीको ०.६० प्रतिशत, सलिकोको ०.८० प्रतिशत, शिखरको ०.१३ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.१२ प्रतिशत, युनाइटेड अजोडको ०.६५ प्रतिशत र नेपाल रि इन्स्योरेन्सको ०.५१ प्रतिशतले सेयरभाउ घटेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.