आईतवार, जेष्ठ ४,२०८२ 07:04:32
IME remit
  • आईतवार, जेष्ठ ४,२०८२ 07:04:32
IME remit
Global IME Bank Limited

झिनो अंकले घट्यो नेप्से, कारोबारमा भने सुधार

Hyundai Nepal
झिनो अंकले घट्यो नेप्से, कारोबारमा भने सुधार
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.१० प्रतिशत अर्थात २.७९ अंकले घटेर २ हजार ६०९.०५ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३३ प्रतिशतले घटेर ४३८.५१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०९ वटा स्क्रिप्टको १ करोड ६९ लाख ७ हजार ७३७ कित्ता सेयर ८ अर्ब ५० करोड ९२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

गत बिहिबार सेयरबजारमा ७ अर्ब ८ करोड बढीको सेयर कारोबार भएको थियो ।  

CG Motors
Laxmi Sunrise Bank Limited
Sagarmatha Cement

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल भन्छन्,  ‘समयमै गभर्नर नियुक्ति हुन नसक्दा, सरकारको भविष्यप्रतिको चिन्ता र बजेटमा करका विषयहरुमा उठेका प्रश्नहरुले पूँजीबजार पछिल्लो समय बढ्न सकेको छैन । लगानीकर्ताले यतिबेला बढेर सेयर खरिद गर्न चाहेका छैनन् ।’

सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष धनश्याम पाण्डेले पनि गभर्नर नियुक्तिमा ढिलाई भएकै कारण बजार साइडवेजमा गएको बताउछन् । उनले सरकारले गभर्नर नियुक्ति नगरेर हलो अड्काएको समेत आरोप लगाए । यद्यपी सोमबार बस्ने मन्त्रीपरिषद्को बैठकले गभर्नर नियुक्त गर्न सक्ने विश्वास उनले व्यक्त गरे ।  

‘बजारमा कारोबार राम्रै भएको छ । मौद्रिक नीतिको समीक्षा पनि आउदै गर्दा बजारले फेरि गति लिन सक्छ,’ उनले भने ।    

 यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज अन्य समूह सर्वाधिक अर्थात ४.३० प्रतिशतले बढ्यो । यस्तै होटल समूह ०.८७ र लघुवित्त समूह १.१० प्रतिशतले बढ्यो ।  

व्यापार समूह आज सर्वाधिक घट्ने समूहको रुपमा रह्यो । यो समूह आज ३.७५ प्रतिशतले ओरालो लाग्यो । बैंकिङ समूह पनि आज ०.०३ प्रतिशत, विकास बेंक २.३५, वित्त ०.४२,हाईड्रो १.३३, लगानी ०.२१, जीवन बीमा ०.६७, उत्पादन तथा प्रशोधन ०.३७,म्युचुअल फण्ड ०.२८ र निर्जीवन बीमा समूह ०.८८ प्रतिशतले घट्यो ।  

Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ७० करोड ३७ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको ५१ करोड ३६ लाख, राधी विद्युतको ४८ करोड ४२ लाख, युनिभर्सल पावरको ४३ करोड ८१ लाख र हिमालयन रि इन्स्योरेन्सको ४२ करोड २७ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज ओम मेगाश्री फर्मास्युटिकल्स र छ्याङ्दी हाईड्रोको सेयरमूल्यमा अपर सर्किट लाग्यो । नेपाल रि इन्स्योरेन्सको सेयरमूल्य पनि आज ८.५२ प्रतिशत,स्वाभिमान लघुवित्तको ६.९८ र ओरियन्टल होटलको सेयरमूल्य ६.२३ प्रतिशतले बढ्यो ।  

कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य आज सर्वाधिक घट्यो । यो कम्पनीको सेयरमूल्य ९.७८ प्रतिशतले ओरालो लाग्दा नेपाल माइक्रो इन्स्योरेन्सको ७.५८,ग्रिन डेभलपमेन्ट बैंकको ७.३९ र क्रेष्ट माइक्रो लाइफको सेयरमूल्य ६.९८ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.