काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.३४ प्रतिशत अर्थात ९.०४ अंकले घटेर २ हजार ६४१.०५ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४७ प्रतिशतले घटेर ४६१.३६ विन्दुमा झरेको छ ।
यससँगै नेप्से लगातार तेस्रो दिन घटेको छ ।
आज नेप्सेमा सूचीकृत ३५२ वटा स्क्रिप्टको १ करोड ९ लाख ६६ हजार ७४५ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ६७ करोड ४४ लाख बढीको सेयर कारोबार भएको छ । गत शुक्रबार भने ३ अर्ब ७७ करोड बढीको सेयर कारोबार भएको थियो ।
आजको बजारबारे बजार जानकार बिरेन्द्र विष्ट भन्छन्, ‘अहिले बजार बढ्नका लागि सबै कुरा सकारात्मक छ, तर लगानीकर्ताले कन्फिडेन्ट बढाउन नसक्दा बजारले लय लिन सकिरहेको छैन । सरकारले व्यापारी तथा व्यवसायीहरुमाथि गरेको धरपकडका कारण सेयर लगानीकर्ताले पनि मनोबल उच्च बनाउन सकिरहेका छैनन् । अहिलेको सरकारले लगानीकर्ताले झट्टै विश्वास गर्न पनि सकेका छैनन्, जसकारण यसको प्रभाव पूँजीबजारमा देखिएको छ ।’
उनले थपे, ‘तर लगानीकर्ताहरुले अहिलेको सरकारको नियत पनि खराब नै छ भन्न पनि खोजेका हैनन्, केवल कामबारबाही सहि नभएको कारण विश्वास मात्रै गर्न सकेका छैनन् । बजारको अवस्था हेर्दा लगानीकर्ताहरुले आफुसँग भएको सेयर पनि बेच्न खोजिरहेका छैनन् र कित्ता पनि बढाउन चाहेका छैनन् । त्यसकारण अहिले बजारमा त्यति ठूलो भोल्युम पनि छैन र बजारमा ठूलो अंकको उतारचढाव पनि छैन । केहीगरी सरकारले लगानीकताई कन्फिडेन्ट बढाउने काम गर्यो भने बजार बढ्ने नै देखिन्छ ।’
कुन समूहमा भयो कतिको थपघट ?
आज कारोबारमा आएका १३ वटै समूहमध्ये चारवटा बाहेक अन्य सबैमा रातो पोतियो । आज लघुवित्त समूह सर्वाधिक अर्थात ०.१९ प्रतिशतले बढ्यो । यस्तै हाईड्रो समूह ०.०६ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.०४ र निर्जीवन बीमा ०.०४ प्रतिशतले बढ्यो ।
यो दिन व्यापार समूह सर्वाधिक अर्थात ०.८६ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.७२ प्रतिशत, विकास बैंक ०.१२, फाइनान्स ०.४१, होटल ०.७०, लगानी ०.६०, जीवन बीमा ०.६२, म्युचुअल फण्ड ०.४८ र अन्य समूह ०.४४ प्रतिशतले घट्यो ।
सर्वाधिक कारोबार हुने कम्पनी
आज सोलु हाईड्रो पावरको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ४६ करोड ३७ लाख बढीको सेयर कारोबार भयो । यस्तै रिडी पावर कम्पनीको २९ करोड २७ लाख, फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको १२ करोड ४५ लाख र सप्तकोशी डेभलपमेन्ट बैंकको ९ करोड ५० लाख बढीको सेयर कारोबार भयो ।
सर्वाधिक कमाउने र गुमाउने कम्पनी
आज कारोबारमा आएका कुनैपनि कम्पनीहरुको सेयरमूल्यमा अपर सर्किट लागेन । आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक अर्थात ८.४७ प्रतिशतले बढ्यो । यस्तै दरमखोला हाईड्रोको सेयरमूल्य ६ प्रतिशत, फस्र्ट माइक्रोफाइनान्सको ४.६१ र अपर हेवाखोला हाईड्रोको सेयरमूल्य ४.४७ प्रतिशतले बढ्यो ।
यो दिन आत्मनिर्भर लघुवित्तको मूल्य सेयरमूल्य सर्वाधिक अर्थात ८.८७ प्रतिशतले घट्यो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।