आईतवार, असार १५,२०८२ 10:16:56
  • आईतवार, असार १५,२०८२ 10:16:56
Global IME Bank Limited

६ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, प्रुभ इन्स्योरेन्सका सेयरधनीले सर्वाधिक गुमाए

Hyundai Nepal
६ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, प्रुभ इन्स्योरेन्सका सेयरधनीले सर्वाधिक गुमाए
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३४.४७ अंकले घटेर २९६६.३३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३३० कम्पनीको ६ करोड ५४ लाख ७५ हजार ३६६ कित्ता सेयर किनबेच हुँदा २८ अर्ब ८३ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज चारवटा समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी सबै उपसूचक राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक बृद्धि भएका छन् । जीवन बीमा समूह ०.०१ प्रतिशतले बृद्धि भएको छ भने निर्जीवन बीमा समूह ०.४६ प्रतिशतले बृद्धि भएको छ । बीमा समूह बढ्दा आज जम्मा ६ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढेका छन् । 

CG Motors
Muktinath Bikas Bank Limited

सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने कम्पनीमा एलआइसी नेपाल र आरबीसीएल रहेको छ । दुबै कम्पनीको सेयरभाउ आज सरकारात्मक सर्किट अर्थात् १० प्रतिशलते बढेर एलआइसी नेपालको २२७१.५० रुपैयाँ र आरबीसीएलको २० हजार ४४९ रुपैयाँ पुगेको छ । यसका साथै प्रभु महालक्ष्मी लाइफको ३.२९ प्रतिशत, सानिमा जिआइसीको ३.०३ प्रतिशत, सिटिजन लाइफको २ प्रतिशत र एशियन लाइफको ०.५१ प्रतिशतले सेयरभाउ बढेको छ । 

आज सर्वाधिक गुमाउने वा सेयरभाउ घट्ने कम्पनीमा भने प्रभु इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ३.५८ प्रतिशतले सेयरभाउ घटेर १०२८ रुपैयाँ कायम भएको छ । त्यस्तै, हिमालयन लाइफको ३.५५ प्रतिशत, शिखर इन्स्योरेन्सको ३.२७ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको ३ प्रतिशत, नेपाल लाइफको २.९७ प्रतिशत, हिमालयन रि को २.७४ प्रतिशत, हिमालयन एभरेष्टको २.६९ प्रतिशत, सिद्धार्थ प्रिमियरको २.६५ प्रतिशत, आइजीआई प्रुडेन्सियलको २.५४ प्रतिशत, नेशनल लाइफको १.७८ प्रतिशत र नेपाल इन्स्योरेन्सको १.६३ प्रतिशतले सेयरभाउ घटेको छ । 

त्यस्तै, आइएमई लाइफको १.४१ प्रतिशत, सगरमाथा लुम्बिनीको १.३६ प्रतिशत, रिलायबल नेपाल लाइफको १.०६ प्रतिशत, एनएलजीको ०.८० प्रतिशत, युनाइटेड अजोडको ०.७९ प्रतिशत, सन नेपाल लाइफको ०.७० प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.३३ प्रतिशत र नेको इन्स्योरेन्सको ०.०२ प्रतिशतले सेयरभाउ घटेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.