आईतवार, असार १५,२०८२ 09:40:55
  • आईतवार, असार १५,२०८२ 09:40:55
Global IME Bank Limited

सामान्य अंकले घट्यो नेप्से, जानकार भन्छन्,‘बजारमा एनआरएनको लगानी भित्र्याउनुपर्छ’

Hyundai Nepal
सामान्य अंकले घट्यो नेप्से, जानकार भन्छन्,‘बजारमा एनआरएनको लगानी भित्र्याउनुपर्छ’
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ५.३१ अंक अर्थात ०.२५ प्रतिशतले घटेर २ हजार ०६१.७० बिन्दुमा सीमित भएको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१६ प्रतिशतले घटेर ३७३.३२ बिन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृतमध्ये ३०७ वटा कम्पनीको ९२ लाख ७२ हजार ७८२ कित्ता सेयर ३ अर्ब २१ करोड ६७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

CG Motors
Muktinath Bikas Bank Limited

आजको बजार घट्नुको कारणबारे बजार जानकार महेश रिजाल भन्छन्,‘आज बजारमा सप्लाई बढी भयो । हिमालयन रि को आईपीओले बजारबाट पैसा लग्यो । अब अपर तामाकोशीको पैसा आएपछि बजार बढ्छ । ब्रोकरहरुले पनि अपर तामाकोशीको लिलामीमा पैसा लगानी गरेका छन् । ’

विदेशमा रहेका गैरआवासिय नेपालीहरु(एनआरएन)लाई समेत नेपाली सेयर बजारमा भित्र्याउनुपर्नेमा रिजालले जोड दिए । वर्तमान बजारको आवश्यकता औल्याउँदै उनले भने,'सेयर धितो कर्जाको जोखिम भारको हालको रेसियोलाई अझ घटाउनुपर्छ र नेपाल राष्ट्र बैंकले बजारसँग सम्बन्धित अन्य नीतिलाई पनि सहज बनाउनुपर्ने देखिन्छ । ’

यस्तै अर्का बजार जानकार दामोदर गजुरेलले बजार घटेपनि २०४० मा बलियो सर्पोट रहेको बताए । नाफा बुकिङका कारण बजार घटेको गजुरेलको विश्लेषण छ । उनले भने‘ मार्केट बियरिस भईहालेको होइन । लगानीकर्ता 'पर्ख र हेर'को अवस्थामा छन् ।’  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा उपसूचक मात्रै बढे । आज विकास बैंक उपसूचकमा सबैभन्दा धेरै वृद्धि देखियो । यो उपसूचक ०.६६ प्रतिशतले बढेको छ । यो दिन वित्त उपसूचक ०.४०,लगानी ०.०९ र निर्जीवन बीमा उपसूचक ०.५१ प्रतिशतले बढे ।  

आज सबैभन्दा धेरै गिरावट अन्य उपसूचकमा देखियो । अन्य उपसूचक १.०४ प्रतिशतले  घटेको आज बैंकिङ उपसूचक ०.२३,होटल ०.५१,हाईड्रो ०.४२,जीवन बीमा ०.५४,उत्पादन तथा प्रशोधन ०.१६,लघुवित्त ०.१९,म्युचुअल फण्ड ०.४ र व्यापार उपसूचक ०.०६ प्रतिशतले घटे ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

आज हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएको छ । यो कम्पनीको आज ३३ करोड ५८ लाख बढीको सेयर कारोबार भएको छ ।  

त्यसैगरी एशियन लाइफको १२ करोड ९८ लाख,निफ्राको १२ करोड ३ लाख,ङादी ग्रुप पावरको ११ करोड ८८ लाख र रिडी पवारको ११ करोड २ लाख बढीको कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज यूनिक नेपाल लघुवित्तको सेयरमूल्य सर्वाधिक बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो ।  दोश्रो त्रैमासको निकै उत्साहजनक वित्तीय विवरण प्रकाशन गरेको यो कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । 

मोलुङ हाईड्रोपावर सेयरमूल्य ९.४६ले बढेको आज समाज लघुवित्तको ८.२०,भगवति हाईड्रोपावरको ६.७८ र किसान लघुवित्तको सेयरमूल्य ६.६७ प्रतिशतले बढेको छ ।  

आज महिला लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ५.३७ प्रतिशतले घट्यो । यो दिन रावा इनर्जीको सेयरमूल्य ५.१७,नेपाल वेयरहाउजिङको ३.७८ र मन्दाकिनी हाईड्रोको सेयरमूल्य ३.५० प्रतिशतले घटेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.