काठमाण्डौ । मंगलबारको कारोबारमा सेयबजारमा सामान्य अंकको सुधार आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.२३ प्रतिशत अर्थात ६.११ अंकले घटेर २ हजार ५७६.२९ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१७ प्रतिशतले बढेर ४५१.३४ विन्दुमा पुगेको छ।
आज नेप्सेमा सूचीकृत ३८३ वटा स्क्रिप्टको १ करोड ८२ लाख ९३ हजार ५९६ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ८ अर्ब ४१ करोड ७५ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ७ अर्ब ४६ करोड बढीको सेयर कारोबार भएको थियो।
आजको बजारबारे बजार नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार भन्छन्, ‘धैरै दिन घटेको बजार आज बढेको छ । यसलाई सामान्य मान्न सकिन्छ । बजारमा असार मसान्तको प्रभाव समाप्त भएकाले नेप्से परिसूचकमा केही वृद्धि देखिन गएको छ ।’
रौनियारले सरकारबाट पूँजीबजारको सुधारका लागि आश्वासन दिने काम मात्रै भएको र यस्तो प्रवृत्तिबाट लगानीकर्तामा आक्रोश र नैराश्यता दुवै छाएको बताए । ‘बजारलाई गति दिने हो भने बजारमा डिमान्ट बढाउने काम गर्नुपर्छ । पूँजीगत लाभकर वृद्धि गर्ने सरकारको निर्णयले समेत बजार प्रभावित भएकाले यसमा पुनर्विचार गर्नुपर्छ ।’
यस्तै रौनियारले अहिले लगानीकर्ताको मनोबल घटेकाले बजार बढिहाल्ने अवस्था भने नरहेको र उद्योगीहरुले समेत खुलेर बजारमा कारोबार गर्न मिल्ने वातावरण नभएको बताए । उनले थपे, ‘पूँजीबजार रेस्क्यु प्लानमा बजार सुधारका कस्ता नीतिहरु आउछन्, त्यसले बजारको आगामी कार्यदिशा निर्धारण गर्नेछ ।’
कुन समूहमा भयो कतिको थपघट ?
आज कारोबारमा आएका १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबै समूहमा हरियाली छायो । आज व्यापार समूह सर्वाधिक बढ्यो । यो समूह आज १.४७ प्रतिशतले बढ्यो। यस्तै बैंकिङ समूह ०.०९ प्रतिशत, विकास बैंक ०.२९, फाइनान्स ०.५१, होटल ०.०८, हाईड्रो ०.२७, लगानी ०.५४, जीवन बीमा ०.३७, लघुवित्त ०.०७, म्युचुअल फण्ड ०.६१, निर्जीवन बीमा ०.२० र अन्य ०.१५ प्रतिशतले घट्यो ।
आज उत्पादन तथा प्रशोधन समूह मात्रै घट्यो । यो समूहमा आज ०.१८ प्रतिशतको गिरावट आयो ।
सर्वाधिक कारोबार हुने कम्पनी
आज केबीएल डिबेञ्चर २०९० को सर्वाधिक कारोबार भयो । यो डिबेञ्चरको आज ५२ करोड ७१ लाख बढीको सेयर कारोबार भयो । यस्तै एनआईएमबी डिबेञ्चर २०९० को ३९ करोड १६ लाख, नेपाल एसबीआई बैंक डिबेञ्चर २०९० को ३७ करोड ५१ लाख र एभरेष्ट बैंक डिबेञ्चर २०९१ को ३६ करोड ७ लाख बढीको कारोबार भयो ।
सर्वाधिक कमाउने र गुमाउने कम्पनी
आज कारोबारमा आएका कम्पनीहरुमध्ये कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । आज कामना सेवा विकास बेंक डिबेञ्च। २०८७ को मूल्य सर्वाधिक बढ्यो । यो बैंकको डिबेञ्चरको मूल्य आज १०.२२ प्रतिशतले बढ्यो ।
यस्तै साङ्ग्रिला बैंक डिबेञ्चर २०८७ को मूल्य ९.८२ प्रतिशत, उपकार लघुवित्तको ९.१९, एनआईबीएल स्टेबल फण्डको ७.७२ र ज्योति विकास बैंक बोण्ड २०८७ को मूल्य ७.६६ प्रतिशतले बढ्यो ।
यो दिन सामूदायिक लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ८.१० प्रतिशतले घट्यो । यस्तै नेपाल एसबीआई बैंक डिबेञ्चर २०९० को मूल्य ७.०३ र स्वावलम्बन लघुवित्तको सेयरमूल्य ४.४७ प्रतिशतले घट्यो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।