आईतवार, असार १५,२०८२ 10:12:42
  • आईतवार, असार १५,२०८२ 10:12:42
Global IME Bank Limited

लगातार ४ दिन बढ्यो सेयर बजार, कारोबार र भोल्युममा उछाल

Hyundai Nepal
लगातार ४ दिन बढ्यो सेयर बजार, कारोबार र भोल्युममा उछाल
Nabil Bank Limited

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.७३ प्रतिशत अर्थात १५.४६ अंकले बढेर २ हजार ११९.६९ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४९ प्रतिशतले बढेर ३७४.७० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१३ वटा स्क्रिप्टको २ करोड २१ लाख ६७ हजार ६७८ कित्ता सेयर ६ अर्ब ४८ करोड २५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ । यससँगै बजार लगातार ४ दिन बढेको छ । चार दिनमा बजार ८२.६२ अंकले बढेको छ । 

आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्, ‘प्राय माओवादी सरकार बन्दा सेयर बजार कमै मात्रै बढेको छ । उनीहरुले सरकार र अर्थमन्त्रालय चलाउँदा लगानीकर्ता सकारात्मक बन्न सकेनन् । त्यसै कारण आउने सरकारप्रति लगानीकर्ता आशावादी बन्दा बजार बढेको हो ।’

आज कारोबार र भोल्युम पनि बढ्नुलाई सकारात्मक पक्षको रुपमा लिन सकिने र यसले हाई क्याप भएका कम्पनी चलेको भन्ने पुष्टि गरेको पाठकले बताए ।  

नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्सालको विचारमा असार मसान्तको दबाव सकिदै जादा बजार घट्न रोकिएको हो । ‘ लगानीकर्ताले दुई ठूला दल मिलेर बन्न लागेको सरकारले राजनीतिक स्थिरता ल्याउन र आर्थिक वृद्धि हुने अपेक्षाले लगानीकर्ताले लगानी बढाउदा बजारमा कारोबार बढेको हो,’ लम्सालले बताए ।    

CG Motors
Muktinath Bikas Bank Limited

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ११ वटामा हरियाली छाएको छ भने अन्य २ वटा समूहमा भने रातो पोतिएको छ । आज विकास बैंकको सेयरमूल्य सर्वाधिक अर्थात ३.४३ प्रतिशतले बढेको छ । साथै आज बैंकिङ समूह ०.४८, होटल १.७५, हाईड्रो ०.२२, लगानी १.८९,जीवन बीमा १.९७,लघुवित्त ०.२१,म्युचुअल फण्ड ०.२४,निर्जीवन बीमा ०.५८,अन्य ०.१५ र व्यापार ०.४८ प्रतिशतले बढेको छ ।  

आज वित्त र उत्पादन तथा प्रशोधन समूह मात्रै घटेका छन् । आज यी समूहहरु क्रमशः ०.५९ र ०.१५ प्रतिशतले ओरालो लागेका छन् ।    

धेरै कारोबार गर्ने कम्पनीहरु

आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भएको छ । आज यो कम्पनीको ३० करोड ९ लाख बढीको सेयर कारोबार भएको छ । नेपाल फाइनान्स कम्पनीको आज १७ करोड ६४ लाख बढी,महालक्ष्मी विकास बैंकको १७ करोड १२ लाख र सांग्रिला डेभलपमेन्ट बैंकको १५ करोड ४१ लाख बढीको सेयर कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज आँखुखोला जलविद्युत कम्पनीको सेयरमूल्यमा मात्रै सकारात्मक सर्किट लाग्यो । यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको आज समाज लघुवित्तको ९.२३ प्रतिशत,आरम्भ चौतारी ७.३३ प्रतिशत,सांग्रिला डेझपमेन्ट बैंककोृ ६.४२ र एक्सेल डेभलपमेन्ट बैंकको सेयरमूल्य ६.०१ प्रतिशतले बढ्यो ।  

आज दोर्दी जलविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक अर्थात ४.७५ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.