सोमबार, कार्तिक २,२०८३ 04:29:38
  • सोमबार, कार्तिक २,२०८३ 04:29:38
Global IME Bank Limited

कारोबारसँगै सूचक पनि बढ्यो, जानकार भन्छन्,‘बजारमा एक्युमुलेशन बढ्दै’

Bizshala
कारोबारसँगै सूचक पनि बढ्यो, जानकार भन्छन्,‘बजारमा एक्युमुलेशन बढ्दै’
New Office

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ०.१८ प्रतिशत अर्थात ४.९८ अंकले बढेर २ हजार ७५३.७६ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०२ प्रतिशतले घटेर ४८५.९१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२६ वटा स्क्रिप्टको २ करोड ४४ लाख २६ हजार ९०० कित्ता सेयर ११ अर्ब ७२ करोड ६७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार दामोदर गजुरेल भन्छन्,  ‘अल्पकालिन लगानीकर्ताले छिटो–छिटो सेयर कारोबार गर्दा बजारमा आज बिक्री दबाब देखिएको छ । यद्यपी आज बजार सामान्य अंकले बढेतापनि कारोबार बढ्नु सकारात्मक पक्ष रहेको छ । ’

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

बजारमा ब्याजदर घट्नु र लगानीका अन्य विकल्प नभएका कारण सेयर बजार सकारात्मक नै हुने उनको ठम्याई छ । उनले प्राविधिक रुपमा बोलिङ्गरको अपर ब्याण्डमा पटकपटक प्रतिरोधको सामना गरेको बताए । ‘यद्यपी म्याक्डीमा पोजेटिभ नै रहेकाले बजारले अगामी दिनमा प्राविधिक रुपमा बजार सकारात्मक नै रहने देखिन्छ,’ उनले भने ।  

अर्का बजार जानकार विरेन्द्र विष्टले अघिल्लो सातादेखि बजारमा कारोबार बढिरहेकाले बजारमा आशा गर्ने ठाँउ रहेको  बताए। ‘आजको कारोबारले बजारमा एक्युमुलेशन भएको मान्न सकिन्छ । बजारले केही दिनमा पुनः लय समात्ने पनि देखिन्छ,’ उनले भने ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज होटल समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज २.२१ प्रतिशतले बढ्यो ।  

यस्तै आज विकास बैंक समूह ०.६२, हाईड्रो ०.८५,लगानी ०.१७, जीवन बीमा ०.२१,लघुवित्त १.२८,म्युचुअल फण्ड ०.२९,अन्य ०.११ र व्यापार समूह ०.२४ प्रतिशतले बढ्यो ।  

आज बैंकिङ समूह ०.२१ प्रतिशत,फाइनान्स १.६३, उत्पादन तथा प्रशोधन १.१३ र निर्जीवन बीमा ०.६९ प्रतिशतले घट्यो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन ङादी ग्रुप पावरको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ४५ करोड १७ लाख बढीको सेयर कारोबार भयो । यस्तै समृद्धि फाइनान्सको ४१ करोड ८२ लाख,जानकी फाइनान्सको ३५ करोड ४० लाख,सिंगटी हाईड्रोको ३४ करोड र नेपाल फाइनान्सको २३ करोड १५ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ४ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज उन्नती सहकार्य लघुवित्त,स्वाभिमान लघुवित्त,अपरहेवा खोला हाईड्रो र माण्डु हाईड्रोको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो ।  

बलेफि हाईड्रोको सेयरमूल्य आज ९.२९ प्रतिशत,जनउत्थान सामुदायिक लघुवित्तको ८.९६ र भगवति हाईड्रोको ८.४३ प्रतिशतले बढ्यो ।  

यो दिन समृद्धि फाइनान्सको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । गुराँस लघुवित्तको सेयरमूल्य पनि आज १० प्रतिशत, मकर जितुमायाको ८ प्रतिशत र वेष्ट फाइनान्सको ५.०५ प्रतिशतले घट्यो ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.