शनिबार, असार १३,२०८३ 03:19:10
Bizshala
  • शनिबार, असार १३,२०८३ 03:19:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

४ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा रिलायबल नेपाल लाइफ

Laxmi Sunrise Bank Limited
४ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा रिलायबल नेपाल लाइफ

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २०.५६ अंकले घटेर २५४४.५९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२१ कम्पनीको ८४ लाख ४ हजार ६१६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

आज बीमा समूहका दुईवटै सूचक घटेका छन् । जीवन बीमा समूह ०.९९ प्रतिशत र निर्जीवन बीमा समूह ०.५४ प्रतिशतले घटेको छ । जीवन बीमा समूह ः जीवन बीमा समूहतर्फ आज एक कम्पनीको मात्रै सेयरभाउ बढेको छ । आइएमई लाइफको सेयरभाउ ०.११ प्रतिशतले बढेर ४५२ रुपैयाँ पुगेको छ । त्यस्तै, सर्वाधिक गुमाउने जीवन बीमा कम्पनीमा भने रिलाबयल नेपाल लाइफ रहेको छ । कम्पनीको सेयरभाउ १.९० प्रतिशतले घटेर ४६० रुपैयाँ कायम भएको छ । 

New Office
CG Motors
Garima Development Bank

साथै एशियन लाइफको ०.६० प्रतिशत, सिटिजन लाइफको १.०७ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको १.२४ प्रतिशत, गार्डियन माइक्रो लाइफको १.१३ प्रतिशत, हिमालयन लाइफको ०.५९ प्रतिशत, एलआइसी नेपालको ०.५८ प्रतिशत, नेपाल लाइफको १.४८ प्रतिशत, नेशनल लाइफको १.६३ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.५६ प्रतिशत, सूर्यज्योति लाइफको ०.७० प्रतिशत, सन नेपाल लाइफको ०.४९ प्रतिशत र सानिमा रिलायन्स लाइफको १.७० प्रतिशतले घटेको छ । निर्जीवन बीमा समूहः निर्जीवन बीमा समूहतर्फ ३ बीमा कम्पनीको सेयरभाउ बढेको छ भने १० कम्पनीको घटेको छ । 

सर्वाधिक कमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्सको ३.७५ प्रतिशलते बढेर १३२८ रुपैयाँ पुगेको छ । साथै प्रभु इन्स्योरेन्सको ०.३१ प्रतिशत र शिखर इन्स्योरेन्सको ०.६४ प्रतिशतले बढेको छ । निर्जीवन बीमातर्फ सर्वाधिक गुमाउनेमा सलिको रहेको छ । कम्पनीको सेयरभाउ १.७० प्रतिशतले घटेर ५८८.८० रुपैयाँ कायम भएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, हिमालयन एभरेष्टको १.१८ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.२० प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.५१ प्रतिशत, नेको इन्स्योरेन्सको ०.१० प्रतिशत, एनएलजीको १.१३ प्रतिशत, आरबीसीएलको १.३४ प्रतिशत, सानिमा जिआइसीको १.०७ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.३० प्रतिशत र युनाइटेड अजोडको ०.८६ प्रतिशतले घटेको छ । पुनर्बीमातर्फ हिमालयन रि को सेयरभाउ ०.८८ प्रतिशत र नेपाल रि को सेयरभाउ १.४९ प्रतिशतले घटेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.