सोमबार, श्रावण १८,२०८३ 11:44:37
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:44:37
Bizshala
Global IME Bank Limited

नेप्सेमा गिरावट जारी, कारोबार ८ अर्ब माथि

नेप्सेमा गिरावट जारी, कारोबार ८ अर्ब माथि
New Office

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.३६ प्रतिशत अर्थात ९.९६ अंकले घटेर २ हजार ६८८.३२ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८५ प्रतिशतले घटेर ४५१.८९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१९ वटा स्क्रिप्टको २ करोड २५ लाख ५५ हजार ७१३ कित्ता सेयर ८ अर्ब ३२ करोड १२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेल भन्छन्,  ‘सरकारले समयमै गभर्नर नियुक्ती गर्न नसक्दा लगानीकर्ताको मनोबल बढ्न सकेको छैन । यही कारण बजारले गति लिन नसकेको हो ।’

उनले समयमै गभर्नर नियुक्त हुन नसक्नुमा चलखेलको आशंका समेत गरे । यसका साथै लगानीकर्ताले छिटोछिटो सेयर कारोबार गर्दा समेत बजारमा खासै सुधार नआएको उनले बताए । यद्यपी बजार सामान्य अंकले मात्रै घट्नु र कारोबार पनि ८ अर्ब हुनुले बजार मजबुत नै रहेको उनले दाबी गरे ।  

अर्का बजार जानकार दामोदर गजुरेलले पनि ५–१० अंकसम्मको गिरावटलाई सामान्य मान्नु पर्ने बताए । नयाँ उचाई छुनका लागि बजारले शक्ति सञ्चय गर्दै गरेको हुनसक्ने समेत उनले आँकलन गरे । ‘अब बजेट आउदै गर्दा गभर्नरको नियुक्तीसँगै बजार केही गूड न्यूजको प्रतिक्षामा समेत रहेको छ,’ उनले भने ।      

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज अन्य समूह सर्वाधिक अर्थात २.०५ प्रतिशतले बढ्यो । होटल समूह १.०४, उत्पादन तथा प्रशोधन १.११ र व्यापार समूह ०.६६ प्रतिशतले बढ्यो ।  

लगानी समूहमा आज सर्वाधिक गिरावट आयो । यो समूह आज १.७७ प्रतिशत, बैंकिङ ०.६५, विकास बैंक १.६३,फाइनान्स ०.४२, हाईड्रो ०.५३, जीवन बीमा ०.१३, लघुवित्त ०.२५, म्युचुअल फण्ड ०.३६ र निर्जीवन बीमा समूह ०.३२ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन ङादी ग्रुप पावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ४४ करोड ६० लाख बढीको कारोबार भयो । हिमालयन पावर पार्टनरको पनि आज ४० करोड ९४ लाख,हिमालयन रि इन्स्योरेन्सको ३६ करोड ४८ लाख,नेपाल पुनर्बीमाको ३५ करोड ६४ लाख र राधी विद्युत कम्पनीको ३५ करोड ५४ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज नेपाल माइक्रो इन्स्योरेन्स,क्रेष्ट माइक्रो इन्स्योरेन्स र मकर जितुमाया सुरी हाईड्रोको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्ते ग्रिन लाइफ हाईड्रोको सेयरमूल्य पनि आज ५.५७ प्रतिशत र तेह्रथुा पावरको सेयरमूल्य ४.९७ प्रतिशतले बढ्यो ।  

कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य आज सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । युनियन हाईड्रोको सेयरमूल्य पनि आज ६.०७ प्रतिशत,नेपाल हाईड्रोको डेभलोपरको ५.२४ र ङादी ग्रुप पावरको सेयरमूल्य ३.८५ प्रतिशतले घट्यो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.