आईतवार, असार १५,२०८२ 09:21:51
  • आईतवार, असार १५,२०८२ 09:21:51
Global IME Bank Limited

नेप्सेमा गिरावट जारी, कारोबार ८ अर्ब माथि

Hyundai Nepal
नेप्सेमा गिरावट जारी, कारोबार ८ अर्ब माथि
Nabil Bank Limited

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.३६ प्रतिशत अर्थात ९.९६ अंकले घटेर २ हजार ६८८.३२ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८५ प्रतिशतले घटेर ४५१.८९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१९ वटा स्क्रिप्टको २ करोड २५ लाख ५५ हजार ७१३ कित्ता सेयर ८ अर्ब ३२ करोड १२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

CG Motors
Muktinath Bikas Bank Limited

आजको बजारबारे सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेल भन्छन्,  ‘सरकारले समयमै गभर्नर नियुक्ती गर्न नसक्दा लगानीकर्ताको मनोबल बढ्न सकेको छैन । यही कारण बजारले गति लिन नसकेको हो ।’

उनले समयमै गभर्नर नियुक्त हुन नसक्नुमा चलखेलको आशंका समेत गरे । यसका साथै लगानीकर्ताले छिटोछिटो सेयर कारोबार गर्दा समेत बजारमा खासै सुधार नआएको उनले बताए । यद्यपी बजार सामान्य अंकले मात्रै घट्नु र कारोबार पनि ८ अर्ब हुनुले बजार मजबुत नै रहेको उनले दाबी गरे ।  

अर्का बजार जानकार दामोदर गजुरेलले पनि ५–१० अंकसम्मको गिरावटलाई सामान्य मान्नु पर्ने बताए । नयाँ उचाई छुनका लागि बजारले शक्ति सञ्चय गर्दै गरेको हुनसक्ने समेत उनले आँकलन गरे । ‘अब बजेट आउदै गर्दा गभर्नरको नियुक्तीसँगै बजार केही गूड न्यूजको प्रतिक्षामा समेत रहेको छ,’ उनले भने ।      

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज अन्य समूह सर्वाधिक अर्थात २.०५ प्रतिशतले बढ्यो । होटल समूह १.०४, उत्पादन तथा प्रशोधन १.११ र व्यापार समूह ०.६६ प्रतिशतले बढ्यो ।  

लगानी समूहमा आज सर्वाधिक गिरावट आयो । यो समूह आज १.७७ प्रतिशत, बैंकिङ ०.६५, विकास बैंक १.६३,फाइनान्स ०.४२, हाईड्रो ०.५३, जीवन बीमा ०.१३, लघुवित्त ०.२५, म्युचुअल फण्ड ०.३६ र निर्जीवन बीमा समूह ०.३२ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन ङादी ग्रुप पावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ४४ करोड ६० लाख बढीको कारोबार भयो । हिमालयन पावर पार्टनरको पनि आज ४० करोड ९४ लाख,हिमालयन रि इन्स्योरेन्सको ३६ करोड ४८ लाख,नेपाल पुनर्बीमाको ३५ करोड ६४ लाख र राधी विद्युत कम्पनीको ३५ करोड ५४ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज नेपाल माइक्रो इन्स्योरेन्स,क्रेष्ट माइक्रो इन्स्योरेन्स र मकर जितुमाया सुरी हाईड्रोको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्ते ग्रिन लाइफ हाईड्रोको सेयरमूल्य पनि आज ५.५७ प्रतिशत र तेह्रथुा पावरको सेयरमूल्य ४.९७ प्रतिशतले बढ्यो ।  

कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य आज सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । युनियन हाईड्रोको सेयरमूल्य पनि आज ६.०७ प्रतिशत,नेपाल हाईड्रोको डेभलोपरको ५.२४ र ङादी ग्रुप पावरको सेयरमूल्य ३.८५ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.