आईतवार, असार १५,२०८२ 09:21:50
  • आईतवार, असार १५,२०८२ 09:21:50
Global IME Bank Limited

सामान्य अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘सेयर बजारमा अफ सिजन’

Hyundai Nepal
सामान्य अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘सेयर बजारमा अफ सिजन’
Nabil Bank Limited

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ०.२१ प्रतिशत अर्थात ५.६० अंकले घटेर २ हजार ६२८.२६ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३३ प्रतिशतले घटेर ४५०.१२ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको ८१ लाख ४७ हजार ३२० कित्ता सेयर ४ अर्ब २७ करोड बढीको कारोबार भएको  छ ।

CG Motors
Muktinath Bikas Bank Limited

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल भन्छन्,  ‘लगानीकर्ताहरु आज बजारमा खरिद–बिक्री दुवैका लागि आक्रामक देखिएनन् । ठूला लगानीकर्ता पनि पर्ख र हेरको अवस्थामै देखिए । यसकारण बजार साइडवेज नै रहने देखिन्छ ।’  

यद्यपी चैतबाट गभर्नरको कार्यकाल सकिने हुँदा माघ–फागुनबाट बजारले गति लिन सक्ने उनले बताए ।  

अर्का बजार जानकार उपेन्द्र पाठकले अहिले सेयर बजारमा अफ सिजनमा चलिरहेको बताए । ‘धेरैजसो कम्पनीहरुले लाभांशको घोषणा गरिसके । आज बजारमा किन्ने र बेच्ने दुवै निष्क्रिय रहेको र बजारमा नयाँ पैसा नआएका कारण बजारमा सुस्तता छाएको छ,’ उनले भने । 

पाठकले दोस्रो त्रैमासपछि भने बजारले गति लिन सक्ने विश्वास व्यक्त गरे ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज फाइनान्स समूह सर्वाधिक बढ्यो । यो समूह आज १.०७ प्रतिशतले बढेर ३ हजार १७६.७९ विन्दुमा पुग्यो ।  

लघुवित्त समूह पनि आज ०.०९ प्रतिशत र व्यापार समूह ०.५० प्रतिशतले बढ्यो ।  

आज होटल समूह सर्वाधिक घट्यो । यो समूह आज ०.४२  प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.३६ प्रतिशत, विकास बैंक ०.१६, हाईड्रो ०.३६,लगानी ०.३२, जीवन बीमा ०.३३, उत्पादन तथा प्रशोधन ०.३२,म्युचुअल फण्ड ०.२६,निर्जीवन बीमा ०.१४ र अन्य समूह ०.३७ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन जानकी फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १५ करोड ५९ लाख बढीको सेयर कारोबार भयो । यस्तै रिभर फल्स पावरको १२ करोड ६ लाख,एनआरएन इन्फ्रास्ट्रक्चरको ११ करोड ६० लाख, नेपाल फाइनान्सको १० करोड ७५ लाख र सिक्लेस हाईड्रोको ८ करोड ९ लाख बढीको सेयर कारोबार भयो ।    

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा  अपर सर्किट लाग्यो । आज उपकार लघुवित्त र सपोर्ट लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढ्यो ।  

यस्तै मानुषी लघुवित्तको सेयरमूल्य ८.२३ प्रतिशत,सिक्लेस हाईड्रोको ८.११ र चिरख्वा हाईड्रोको सेयरमूल्ण्य ७.६५ प्रतिशतले बढ्यो ।  

यो दिन कुथेली बुखरी स्मल हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ९.९० प्रतिशतले घट्यो । दोल्ती पावरको सेयरमूल्य पनि आज ५.३३ प्रतिशत,छ्याङदी हाईड्रोपावरको सेयरमूल्य ४ प्रतिशतले ओरालो लाग्यो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.