बुधबार, बैशाख २,२०८३ 10:50:44
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 10:50:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सामान्य अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘सेयर बजारमा अफ सिजन’

Bizshala
सामान्य अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘सेयर बजारमा अफ सिजन’
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ०.२१ प्रतिशत अर्थात ५.६० अंकले घटेर २ हजार ६२८.२६ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३३ प्रतिशतले घटेर ४५०.१२ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको ८१ लाख ४७ हजार ३२० कित्ता सेयर ४ अर्ब २७ करोड बढीको कारोबार भएको  छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल भन्छन्,  ‘लगानीकर्ताहरु आज बजारमा खरिद–बिक्री दुवैका लागि आक्रामक देखिएनन् । ठूला लगानीकर्ता पनि पर्ख र हेरको अवस्थामै देखिए । यसकारण बजार साइडवेज नै रहने देखिन्छ ।’  

यद्यपी चैतबाट गभर्नरको कार्यकाल सकिने हुँदा माघ–फागुनबाट बजारले गति लिन सक्ने उनले बताए ।  

अर्का बजार जानकार उपेन्द्र पाठकले अहिले सेयर बजारमा अफ सिजनमा चलिरहेको बताए । ‘धेरैजसो कम्पनीहरुले लाभांशको घोषणा गरिसके । आज बजारमा किन्ने र बेच्ने दुवै निष्क्रिय रहेको र बजारमा नयाँ पैसा नआएका कारण बजारमा सुस्तता छाएको छ,’ उनले भने । 

पाठकले दोस्रो त्रैमासपछि भने बजारले गति लिन सक्ने विश्वास व्यक्त गरे ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज फाइनान्स समूह सर्वाधिक बढ्यो । यो समूह आज १.०७ प्रतिशतले बढेर ३ हजार १७६.७९ विन्दुमा पुग्यो ।  

लघुवित्त समूह पनि आज ०.०९ प्रतिशत र व्यापार समूह ०.५० प्रतिशतले बढ्यो ।  

आज होटल समूह सर्वाधिक घट्यो । यो समूह आज ०.४२  प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.३६ प्रतिशत, विकास बैंक ०.१६, हाईड्रो ०.३६,लगानी ०.३२, जीवन बीमा ०.३३, उत्पादन तथा प्रशोधन ०.३२,म्युचुअल फण्ड ०.२६,निर्जीवन बीमा ०.१४ र अन्य समूह ०.३७ प्रतिशतले घट्यो ।  

CG Motors
Garima Development Bank
IME remit

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन जानकी फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १५ करोड ५९ लाख बढीको सेयर कारोबार भयो । यस्तै रिभर फल्स पावरको १२ करोड ६ लाख,एनआरएन इन्फ्रास्ट्रक्चरको ११ करोड ६० लाख, नेपाल फाइनान्सको १० करोड ७५ लाख र सिक्लेस हाईड्रोको ८ करोड ९ लाख बढीको सेयर कारोबार भयो ।    

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा  अपर सर्किट लाग्यो । आज उपकार लघुवित्त र सपोर्ट लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढ्यो ।  

यस्तै मानुषी लघुवित्तको सेयरमूल्य ८.२३ प्रतिशत,सिक्लेस हाईड्रोको ८.११ र चिरख्वा हाईड्रोको सेयरमूल्ण्य ७.६५ प्रतिशतले बढ्यो ।  

यो दिन कुथेली बुखरी स्मल हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ९.९० प्रतिशतले घट्यो । दोल्ती पावरको सेयरमूल्य पनि आज ५.३३ प्रतिशत,छ्याङदी हाईड्रोपावरको सेयरमूल्य ४ प्रतिशतले ओरालो लाग्यो । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.