सोमबार, श्रावण १८,२०८३ 11:44:01
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:44:01
Bizshala
Global IME Bank Limited

लगातार ६ दिन बढ्यो नेप्से, कारोबार ११ अर्बमाथि

लगातार ६ दिन बढ्यो नेप्से, कारोबार ११ अर्बमाथि
New Office

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.१२ प्रतिशत अर्थात ३.३५ अंकले बढेर २ हजार ७५८.७५ विन्दुमा पुगेको छ ।

यो संगै नेप्से लगातार ६ दिन बढेको छ । गत फागुन ४ गतेदेखि बढ्न थालेको बजार आज झिनो अंकले बढेको छ ।  

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१३ प्रतिशतले बढेर ४५९.२५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१० वटा स्क्रिप्टको २ करोड ११ लाख १० हजार ६१९ कित्ता सेयर ११ अर्ब ८ करोड ५४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु)भन्छन्,  ‘अघिल्लो दिनको बजार खेलाडीले टिकाएका थिए र यो क्रम मंगलबारसम्म रहन सक्छ । बजार पछिल्लो समय २७८० विन्दुबाट माथि लाग्न सकिरहेको छैन । यहाँबाट माथि नगए बजारमा केही अंक करेक्सन आउन सक्छ ।’

उनले अब आउने मौद्रिक नीतिको समीक्षाले आगामी बजारको बाटो तय गर्न सक्ने बताए ।  

अर्का बजार जानकार यज्ञ घिमिरेले अन्यत्र लगानी गर्ने वातावरण नभएका कारण सेयर बजारमा लगानी भित्रिने सम्भावना उच्च रहेको दाबी गरे । ‘ग्रे लिस्टको त्रास पनि हटिसकेको छ र अब बजार घट्ने सम्भावान पनि देखिदैछ,’ उनले भने ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज अन्य समूह सर्वाधिक बढ्यो। यो समूह आज २.५० प्रतिशतले बढेर २ हजार ३८०.९४ विन्दुमा पुग्यो ।  

यस्तै आज बैंकिङ समूह ०.०९ प्रतिशत,लगानी ०.९८ र उत्पादन तथा प्रशोधन ०.९७ प्रतिशतले बढ्यो ।  

वित्त समूह आज सर्वाधिक अर्थात १.२१ प्रतिशतले घट्यो । विकास बैंक समूह पनि आज ०.०९ प्रतिशत, होटल ०.८७,  हाईड्रो ०.१५, जीवन बीमा ०.९२, लघुवित्त ०.६३,म्युचुअल फण्ड ०.५७,निर्जीवन बीमा ०.७४ र व्यापार समूह ०.२६ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ८९ करोड ३५ लाख बढीको कारोबार भयो । नेपाल पुनर्बीमा कम्पनीको पनि आज ८० करोड ६७ लाख,एनआरएन इन्फ्रास्ट्रक्चरको ४४ करोड ९४ लाख,घलेम्दी हाईड्रोको ३८ करोड ९७ लाख र सिईडिबि हाईड्रोको ३१ करोड ३३ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएको एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज गार्डियन माईक्रो लाइफको सेयरमूल्य १० प्रतिशतले बढ्यो । राप्ती हाईड्रोको सेयरमूल्य पनि आज ९.४७ प्रतिशत,बोटलर्स नेपाल(बालाजु)को ८.०६,नेपाल हाईड्रो डेभलपर्सको ७.१३ र नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य ६.४३ प्रतिशतले बढ्यो ।  

विन नेपाल लघुवित्तको सेयरमूल्य आज सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । भूगोल इनर्जीको सेयरमूल्य ५.५२ प्रतिशतले घटेको आज लक्ष्मी लघुवित्तको ५.३८ र रिलायन्स फाइनान्सको सेयरमूल्य ४.६८ प्रतिशतले घट्यो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.