सोमबार, श्रावण १८,२०८३ 11:54:10
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:54:10
Bizshala
Global IME Bank Limited

सेयरबजारमा लगातार दुईदिन उच्च अंकको वृद्धि, कारोबार रकम समेत बढ्यो

सेयरबजारमा लगातार दुईदिन उच्च अंकको वृद्धि, कारोबार रकम समेत बढ्यो
New Office

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आजपनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.८१ प्रतिशत अर्थात ४७.२२ अंकले बढेर २ हजार ६४७.४४ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.७४ प्रतिशतले बढेर ४५६.१३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३० वटा स्क्रिप्टको १ करोड ४२ लाख ४ हजार ३६२ कित्ता सेयर ७ अर्ब ३ करोड ५४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ । आजको कारोबार अघिल्लो दिनको तुलनामा बढी हो । अघिल्लो दिन भने ६ अर्ब २८ करोड ६७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

बजार जानकार अजय सि थापा (जय शम्भु) भन्छन्, ‘आज बजार राम्रै अंकले बढेको छ । अहिलेको बजार करेक्टिभ र्यालीमा चलेको छ । यदि यो हप्ताभरी बजार करेक्टिभ र्यालीमा अर्थात् यो भन्दा माथि गयो भने २७८० वा २८०० को विन्दु आसपास जान्छ । फन्डामेन्टल्लि हेर्दा पनि बजारलाई प्रभाव पार्ने खालेको त्यस्तो केही अवस्था छैन । सम्भवतः केही हदसम्म बजार माथि जान सक्छ ।’

अर्का बजार जानकार नयन बास्तोला भन्छन्, ‘अहिले बजारमा लगानीकर्ताहरुको मनोबल बढ्न थालेको छ । सेक्टरवाइज सबै जसो समूह चल्न थालेका छन् । लामो समय साइडवेजमा चलेको बजारमा अब लगानीकर्ताहरुमा लगानी गर्ने एक खालको आँट आएको छ । बजार घटिहाल्नुपर्ने जस्ता त्यस्तो कारणहरु पनि छैन । अहिलेको मार्केट रेञ्ज एकदमै तल छ अब यो भन्दा तल जाँदैन । राजनीतिक माहोल राम्रो हुँदै छ, चुनाव हुने देखिएसँगै लगानीकर्तामा पनि मनोबल बढेको हो । बजारप्रति अहिले लगानीकर्ताहरु पूर्ण रुपमा सकारात्मक छन् ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । आज जीवन बीमा समूह सर्वाधिक अर्थात ४.९४ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह १.४० प्रतिशत, विकास बैंक १.२१, फाइनान्स १.४२, होटल २.२४, हाईड्रो ०.८०, लगानी १.८३, उत्पादन तथा प्रशोधन १.६४, लघुवित्त १.९३, म्युचुअल फण्ड ०.७९, निर्जीवन बीमा २.९९, अन्य १.६८ र व्यापार ०.७६ प्रतिशतले बढ्यो ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल लाइफको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २४ करोड ८१ लाख बढीको सेयर कारोबार भयो ।

यस्तै नेपाल पुनर्बीमा कम्पनीको २४ करोड ४३ लाख, हिमालयन रि इन्स्योरेन्सको २० करोड ७६ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको २० क रोड ३२ लाख र रिलायबल नेपाल लाइफको २० करोड ३२ लाख बढीको सेयर कारोबार भयो ।

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ५ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज सागर डिष्टिलरी, झापा इनर्जी, बन्दिपुर बेवलकार स्वस्तिक लघुवित्त र श्रीनगर एग्रोटेकको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै आज सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य ८.२६ प्रतिशत, सूर्यज्योति लाइफको ८.०१ र जोशी हाईड्रोपावरको सेयरमूल्य ७.६३ प्रतिशतले बढ्यो ।

यो दिन माबिलुङ इनर्जीको सेयरमूल्य सर्वाधिक अर्थात ४.४४ प्रतिशतले घट्यो ।  

यस्तै बरुण हाईड्रोको सेयरमूल्य २.२७ प्रतिशत र राप्ती हाईड्रोको सेयरमूल्य २.०७ प्रतिशतले घट्यो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.