बुधबार, असार १०,२०८३ 04:03:14
Bizshala
  • बुधबार, असार १०,२०८३ 04:03:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

१५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, आइएमई लाइफको सेयरधनीले सर्वाधिक कमाए

Laxmi Sunrise Bank Limited
१५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, आइएमई लाइफको सेयरधनीले सर्वाधिक कमाए

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३.९३ अंकले बढेर २११३.२७ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३१७ कम्पनीको ९३ लाख ३० हजार २९५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज १० वटा समूहमा हरियाली छाएको छ भने ३ उपसूचक राताम्य भएका छन् । बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.४० प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह ०.२२ प्रतिशतले घटेको छ । आज १५ वटा बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक सेयरमूल्य बढ्ने कम्पनीमा आइएमई लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.०१ प्रतिशलते बढेर ४५७ रुपैयाँ पुगेको छ ।

 त्यस्तै, सानिमा रिलायन्स लाइफको १.७९ प्रतिशत, युनाइटेड अजोडको १.१७ प्रतिशत, एलआइसी नेपालको १.१६ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको १.०५ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ०.६३ प्रतिशत, हिमालयन एभरेष्टको ०.४७ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.३९ प्रतिशत, शिखरको ०.३५ प्रतिशत, हिमालयन लाइफको ०.३२ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ०.२८ प्रतिशत, नेको इन्स्योरेन्सको ०.२५ प्रतिशत, नेशनल लाइफको ०.२५ प्रतिशत, सुर्यज्योति लाइफको ०.२४ प्रतिशत र हिमालयन रि को ०.१४ प्रतिशतले सेयरभाउ बढेको छ । 

New Office
CG Motors
Garima Development Bank

आज सर्वाधिक गुमाउने वा सेयरमूल्य घट्ने बीमा कम्पनीमा आरबीसीएल रहेको छ । कम्पनीको सेयरभाउ १.४२ प्रतिशतले घटेर १३ हजार २१० रुपैयाँ कायम भएको छ । त्यस्तै, प्रभु इन्स्योरेन्सको १.३४ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.९१ प्रतिशत, सन नेपाल लाइफको ०.७१ प्रतिशत, एनएलजीको ०.६५ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.४६ प्रतिशत, सानिमा जिआइसीको ०.३४ प्रतिशत, नेपाल लाइफको ०.१६ प्रतिशत, एशियन लाइफको ०.१० प्रतिशत, सिटिजन लाइफको ०.१० प्रतिशत र रिलायबल नेपाल लाइफको ०.०५ प्रतिशतले सेयरभाउ घटेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.