बिहीबार, बैशाख ३१,२०८३ 07:09:38
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:09:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

११ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सन नेपाल लाइफका सेयरधनीले सर्वाधिक गुमाए

Laxmi Sunrise Bank Limited
११ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सन नेपाल लाइफका सेयरधनीले सर्वाधिक गुमाए
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ५.६३ अंकले बढेर १९६६.२३ विन्दुमा कायम भएको छ ।  

नेप्सेमा सूचीकृत ३१३ कम्पनीको ७० लाख ५८ हजार ३९९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १२ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।  

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज १० समूहमा हरियाली छाएको छ भने ३ उपसूचक राताम्य भएका छन् । बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा उपसूचक ०.४४ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसूचक ०.१५ प्रतिशतले बढेको छ ।  

आज ११ वटा बीमा कम्पनीको सेयरभाउ बढेको छ भने १३ वटा कम्पनीको सेयरमूल्य घटेको छ । सर्वाधिक सेयरभाउ बढ्ने कम्पनीमा आज सानिमा जिआइसी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरमूल्य १.१५ प्रतिशतले बढेर ५२९ रुपैयाँ पुगेको छ ।  

त्यस्तै, प्रभु महालक्ष्मी लाइफको १.११ प्रतिशत, नेको इन्स्योरेन्सको १.०४ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ०.७६ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.६२ प्रतिशत, नेशनल लाइफको ०.५३ प्रतिशत, सलिकोको ०.४० प्रतिशत, नेपाल रि ०.३७ प्रतिशत, प्रभु र आरबीसीएलको ०.२८ प्रतिशत र हिमालयन लाइफको ०.०५ प्रतिशतले सेयरभाउ बढेको छ ।  

Bizshala
New Office
CG Motors

आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा सन नेपाल लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ३.३८ प्रतिशतले घटेर ४५५ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, एनएलजी इन्स्योरेन्सको १.२५ प्रतिशत, एशियन लाइफको १.२२ प्रतिशत, हिमालयन एभरेष्टको ०.८६ प्रतिशत, नेपाल लाइफको ०.८५ प्रतिशत, एलआइसी नेपालको ०.७९ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.४४ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.४३ प्रतिशत, हिमालयन रि को ०.३६ प्रतिशत, युनाइटेड अजोडको ०.१९ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.१४ प्रतिशत र आइएमई लाइफको ०.०६ प्रतिशतले सेयरभाउ घटेको छ ।  

बीमा कम्पनीमा आज सर्वाधिक कारोबार हिमालयन रि इन्स्योरेन्सको भएको छ । कम्पनीको ५ करोड ९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.