बिहीबार, बैशाख ३१,२०८३ 07:11:29
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:11:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आज सेयरबजार २८.७३ अंकले बढ्यो, कारोबारमा समेत सुधार

Laxmi Sunrise Bank Limited
आज सेयरबजार २८.७३ अंकले बढ्यो, कारोबारमा समेत सुधार
Shivam Cement

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज सेयरबजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक १.१० प्रतिशत अर्थात २८.७३ अंकले बढेर २ हजार ६३९.३७ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८२ प्रतिशतले बढेर ४५४.७९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३५ वटा स्क्रिप्टको १ करोड २४ लाख ५९ हजार ९५१ कित्ता सेयर ६ अर्ब ४७ करोड ३७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । अघिल्लो दिन भने ५ अर्ब १ करोड ७५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

Bizshala
New Office
CG Motors

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात ३.०५ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.६५, विकास बैंक २.७०, फाइनान्स ०.८३, होटल २.५३, हाईड्रो १.४४, लगानी १.२३, जीवन बीमा ०.४९, लघुवित्त ०.५३, म्युचुअल फण्ड ०.४३, निर्जीवन ०.४२, अन्य ०.७८ र व्यापार ०.२२ प्रतिशतले बढ्यो ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज शिवम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३८ करोड ६९ लाख बढीको सेयर कारोबार भयो ।

यस्तै, बन्दीपुर केवलकारको २० करोड ९१ लाख, एसवाई प्यानल नेपालको १७ करोड ५१ लाख, श्रीनगर एग्रीटेकको १६ करोड १४ लाख र सागर डिस्टिलरीको १५ करोड ६८ लाख बढीको सेयर कारोबार भयो ।  

Garima Development Bank
Shivam Cement
IME remit

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ७ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज सागर डिस्टिलरी, एसवाई प्यानल, श्रीनगर एग्रीटेक, बन्दिपुर केवलकार, रुरु जलविद्युत, बाराही हाईड्रोपावर र दरमखोला हाईड्रो इनर्जीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । यस्तै हिमस्टार उर्जा कम्पनीको सेयरमूल्य ८.५४ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ८.५३ र ट्रेड टावरको सेयरमूल्य ८.४८ प्रतिशतले बढ्यो ।

यो दिन सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक अर्थात २.४९ प्रतिशतले घट्यो। 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.