सोमबार, कार्तिक २,२०८३ 04:28:51
  • सोमबार, कार्तिक २,२०८३ 04:28:51
Global IME Bank Limited

१०० अंकको उचारचढाव भएको नेप्सेमा अन्ततः दोहोरो अंकको वृद्धि, जानकार भन्छन्,‘सचेत रहन आवश्यक’

Bizshala
१०० अंकको उचारचढाव भएको नेप्सेमा अन्ततः दोहोरो अंकको वृद्धि, जानकार भन्छन्,‘सचेत रहन आवश्यक’
New Office

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा दोहोरो अंकको वृद्धि आएको छ । आज नेप्से परिसूचक १.३३ प्रतिशत अर्थात ३५.५५ अंकले बढेर २ हजार ६९६.६५ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६७ प्रतिशतले बढेर ४८५.३८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२९ वटा स्क्रिप्टको ४ करोड ३ लाख ७१ हजार ७७८ कित्ता सेयर १७ अर्ब २६ करोड ६३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आज नेप्से परिसूचकमा तीव्र उतारचढाव देखिएको थियो । नेप्से परिसूचक आज न्यूनतम २६०९ अधिकतममा २७०९ विन्दुसम्म पुगेको थियो ।  

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायाण पौडेल भन्छन्,  ‘अहिले बजार लगानीकर्तालाई झुक्याउँदै अघि बढिरहेको छ । बुल बजारको विशेषता भनेकै यहि हो । यस्तो बजारमा लगानीकर्ता सचेत समेत हुनुपर्छ । भि–सेपमा बढेको बजारमा जुनुसुकै बेला पनि करेक्सन आउन सक्छ । त्यसैले टार्गेट राखेर नाफा बुक पनि गर्नुपर्छ ।’

अहिले बजारका लागि आवश्यक सबै वातावरण सकारात्मक भएकाले बजार बढेको उनले बताए । यद्यपी बजार सधैं बढेको बढ्यै भने नगर्ने अर्थशास्त्री पौडेलले भने ।  

अर्का बजार जानकार दामोदर गजुरेल भन्छन्,‘ बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले गरेको सहज नीतिका कारण बजारमा सुधार आएको हो । कारोबार पनि राम्रो भईरहेको छ । यसमा संस्थागत लगानीकर्ताले समेत लगानी बढाएको र सेक्टर रोटेशन भएर बजार अघि बढिरहेको देख्न सकिन्छ ।’

तर बढेको बजारले कहाँबाट करेक्सन लिन्छ भन्न गाह्रो भएतापनि सामान्य करेक्सनले बजारलाई बलियो नै बनाउने उनले दाबी गरे ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज होटल समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज ५.९९ प्रतिशतले बढ्यो भने वित्त ५.९८, विकास बैंक २.४०,हाईड्रो ३.१२,लगानी ३.१५,जीवन बीमा ०.५८, उत्पादन तथा प्रशोधन ०.३५,लघुवित्त ०.९८ र अन्य समूह ३.५२ प्रतिशतले बढेको छ ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालय रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ६० करोड १० लाख बढीको सेयर कारोबार भयो ।  

यस्तै आज शिवम् सिमेन्टको ३७ करोड ६७ लाख,सोल्टी होटलको ३६ करोड ४३ लाख,नेपाल फाइनान्सको ३५ करोड ३८ लाख र चिलिमे हाईड्रोपावरको २७ करोड ७६ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ९ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज प्रोग्रेसिभ फाइनान्स,वरुण हाईड्रोपावर,सान्जेन जलविद्युत,नेपाल वेयरहाउजिङ,सिईडिबि हाईड्रोपावर,नेपाल फाइनान्स,मध्य भोटेकोशी,हाथवे इन्भेष्टमेन्ट र मुक्तिनाथ कृषि कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो ।  

यस्तै आज सगरमाथा जलविद्युत कम्पनीको सेयरमूल्य ९.४५ प्रतिशत, समृद्धि फाइनान्स ९.२५, ग्रिन लाइफ हाईड्रो ८.९१ र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सेयरमूल्य ८.८४ प्रतिशतले बढ्यो ।  

यो दिन एशियन हाईड्रोपावरको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । यससँगै आज यो कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लाग्यो । गणपति लघुवित्तको सेयरमूल्य आज ६.११ प्रतिशत र युनिलिभर नेपालको सेयरमूल्य ३.६५ प्रतिशतले घट्यो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.