बुधबार, असार १०,२०८३ 03:57:08
Bizshala
  • बुधबार, असार १०,२०८३ 03:57:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हिमालयन रि बाहेक सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा हिमालयन लाइफ

Laxmi Sunrise Bank Limited
हिमालयन रि बाहेक सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा हिमालयन लाइफ

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ४३.२२ अंकले बढेर २७४२.८८ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२० कम्पनीको १ करोड ३२ लाख २४ हजार ३२२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६६ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

नेप्सेमा रहेका सबै उपसूचकमा आज हरियाली छाएको छ । बीमा समूहका दुई उपसूचकहरुमा जीवन बीमा समूह १.८० प्रतिशत र निर्जीवन बीमा उपसूचक १.३८ प्रतिशतले बृद्धि भएको छ। बीमा कम्पनीहरुमा आज हिमालयन रि इन्स्योरेन्सको मात्रै सेयरभाउ घटेको छ भने बाँकी सबै कम्पनीको सेयरभाउ बढेको छ । हिमालयन रि को सेयरभाउ ०.०१ प्रतिशतले घटेर ८९६ रुपैयाँ कायम भएको छ । त्यस्तै, आज सर्वाधिक कमाउने अर्थात् सेयरभाउ बढ्ने बीमा कम्पनीमा भने हिमालयन लाइफ रहेको छ ।

New Office
CG Motors
Garima Development Bank

कम्पनीको सेयरभाउ ३.५६ प्रतिशतले बढेर ४९९.७० रुपैयाँ पुगेको छ । यसका साथै हिमालयन एभरेष्टको २.८८ प्रतिशत, नेपाल लाइफको २.८२ प्रतिशत, नेको इन्स्योरेन्सको २.६१ प्रतिशत, सुर्यज्योति लाइफको २.४४ प्रतिशत, नेशनल लाइफको २.०८ प्रतिशत, एशियन लाइफको २.०७ प्रतिशत, आइएमई लाइफको १.८१ प्रतिशत, युनाइटेड अजोडको १.६७ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.४८ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.३० प्रतिशत र सानिमा रिलायन्स लाइफको १.२५ प्रतिशतले सेयरभाउ बढेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, शिखर इन्स्योरेन्सको १.१७ प्रतिशत, सिटिजन लाइफको १.०७ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ०.९३ प्रतिशत, सगरमाथा लुम्बिनीको ०.९१ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.८७ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.८५ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको ०.८५ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.८४ प्रतिशत, सानिमा जिआइसीको ०.७३ प्रतिशत, एलआइसी नेपालको ०.६७ प्रतिशत, सन नेपाल लाइफको ०(६६ प्रतिशत र प्रभु इन्स्योरेन्सको ०.३९ प्रतिशतले सेयरभाउ बढेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.