बुधबार, आश्विन ३०,२०८१ 05:55:14
IME remit
  • बुधबार, आश्विन ३०,२०८१ 05:55:14
IME remit
Global IME Bank Limited

हिमालयन रि बाहेक सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा हिमालयन लाइफ

Hyundai Nepal
हिमालयन रि बाहेक सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा हिमालयन लाइफ
Nabil Bank Limited

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ४३.२२ अंकले बढेर २७४२.८८ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२० कम्पनीको १ करोड ३२ लाख २४ हजार ३२२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६६ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

नेप्सेमा रहेका सबै उपसूचकमा आज हरियाली छाएको छ । बीमा समूहका दुई उपसूचकहरुमा जीवन बीमा समूह १.८० प्रतिशत र निर्जीवन बीमा उपसूचक १.३८ प्रतिशतले बृद्धि भएको छ। बीमा कम्पनीहरुमा आज हिमालयन रि इन्स्योरेन्सको मात्रै सेयरभाउ घटेको छ भने बाँकी सबै कम्पनीको सेयरभाउ बढेको छ । हिमालयन रि को सेयरभाउ ०.०१ प्रतिशतले घटेर ८९६ रुपैयाँ कायम भएको छ । त्यस्तै, आज सर्वाधिक कमाउने अर्थात् सेयरभाउ बढ्ने बीमा कम्पनीमा भने हिमालयन लाइफ रहेको छ ।

Bizshala
Shivam Cement
CG Motors

कम्पनीको सेयरभाउ ३.५६ प्रतिशतले बढेर ४९९.७० रुपैयाँ पुगेको छ । यसका साथै हिमालयन एभरेष्टको २.८८ प्रतिशत, नेपाल लाइफको २.८२ प्रतिशत, नेको इन्स्योरेन्सको २.६१ प्रतिशत, सुर्यज्योति लाइफको २.४४ प्रतिशत, नेशनल लाइफको २.०८ प्रतिशत, एशियन लाइफको २.०७ प्रतिशत, आइएमई लाइफको १.८१ प्रतिशत, युनाइटेड अजोडको १.६७ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.४८ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.३० प्रतिशत र सानिमा रिलायन्स लाइफको १.२५ प्रतिशतले सेयरभाउ बढेको छ । 

Mahalaxmi Development Bank
Muktinath Bikas Bank Limited
Sagarmatha Cement

त्यस्तै, शिखर इन्स्योरेन्सको १.१७ प्रतिशत, सिटिजन लाइफको १.०७ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ०.९३ प्रतिशत, सगरमाथा लुम्बिनीको ०.९१ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.८७ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.८५ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको ०.८५ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.८४ प्रतिशत, सानिमा जिआइसीको ०.७३ प्रतिशत, एलआइसी नेपालको ०.६७ प्रतिशत, सन नेपाल लाइफको ०(६६ प्रतिशत र प्रभु इन्स्योरेन्सको ०.३९ प्रतिशतले सेयरभाउ बढेको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.