सोमबार, कार्तिक २,२०८३ 04:34:47
  • सोमबार, कार्तिक २,२०८३ 04:34:47
Global IME Bank Limited

करिब ३५ अंकले बढ्यो नेप्से, सबै समूहमा हरियाली

Bizshala
करिब ३५ अंकले बढ्यो नेप्से, सबै समूहमा हरियाली
New Office

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.२६ प्रतिशत अर्थात ३४.४६ अंकले बढेर २ हजार ७६०.१७ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.४८ प्रतिशतले बढेर ४८१.४० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा स्क्रिप्टको २ करोड ६५ लाख १७ हजार २०९ कित्ता सेयर ९ अर्ब ४१ करोड ९१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे भन्छन्,  ‘अघिल्लो दिन नाफा बुक र उधारो सेटलमेन्टले घटेको बजारमा आज सुधार देखिएको छ । मौद्रिक नीतिमार्फत नीतिगत परिवर्तन भएका कारण स्मार्ट लगानीकर्ता बजार पसेका छन् । यस्तै वित्तीय क्षेत्र सुधार आयोगले पनि नेपाल राष्ट्र बैंकलाई राम्रा सुझाव दिएको छ । यी सबै कुरा हेर्दा अब लगानीकर्ताको गुनासो खासै छैनन् ।यही कारण बजारले थप गति लिन्छ ।’

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

अर्का बजार जानकार देव गुरागाईले आव २०८२/८३ मा बजारले अल टाइम हाईको उचाई हासिल गर्ने दाबी गरे । त्यसका लागि अहिले आधारहरु बनिरहेको उनले बताए । ‘न्यून ब्याजदर, सकारात्मक मौद्रिक नीति, बजारबाट मन्दी कम हुँदै जानु र लगानीकर्ता सचेत बन्द जानु जस्ता विषयले बजार नयाँ उचाईतर्फ लागेको उनले दाबी गरे ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूह मा हरियाली छायो । आज बैंकिङ समूह सर्वाधिक अर्थात १.९२ प्रतिशतले बढ्यो ।

यस्तै विकास बैंक १.५६, फाइनान्स १.८२,होटल १.८२,होटल १.१५,हाईड्रो १.६७,लगानी १.३८,जीवन बीमा ०.७१, उत्पादन तथा प्रशोधन ०.८०,लघुवित्त १.५५,म्युचुअल फण्ड ०.८०, निर्जीवन बीमा ०.९६,अन्य ०.३८ र व्यापार समूह ०.९० प्रतिशतले बढ्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन बुटवल पावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ५२ करोड ३२ लाख बढीको कारोबार भयो । राधी विद्युत कम्पनीको पनि आज ४३ करोड ९७ लाख, एनआईसी एशिया बैंकको ३० करोड ३१ लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको ३० करोड बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । आज सुपर मादी हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ८.०८ प्रतिशतले बढ्यो ।  

यस्तै राप्ती हाईड्रोको सेयरमूल्य ५.८६ प्रतिशत,बिन्ध्यवासिनी हाईड्रोको ५.७१ प्रतिशत र ओम मेगाश्री फर्मास्युटिकल्सको सेयरमूल्य ५.४३ प्रतिशतले बढ्यो ।  

भगवती हाईड्रोपावर आज सर्वाधिक गुमाउने कम्पनीको रुपमा रह्यो । यो कम्पनीको सेयरमूल्य आज ४.६४ प्रतिशतले खस्कियो । शुभम पावरको सेयरमूल्य पनि ३.३३ प्रतिशत र चिरख्वा हाईड्रोको सेयरमूल्य ३.२६ प्रतिशतले घट्यो ।    

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.