काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १०.२५ अंकले घटेर २६९८.४४ विन्दुमा कायम भएकोछ । नेप्सेमा सूचीकृत ३३० कम्पनीको २ करोड ६२ लाख ३६ हजार २०४ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ६५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुई उपसूचक नै घटेका छन् ।
जीवन बीमा समूह ०.७१ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूह ०.३२ प्रतिशतले घटेको छ । आज ६ बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा नेपाल रि इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.७२ प्रतिशतले बढेर १३१९.९० रुपैयाँ पुगेको छ ।
त्यस्तै, आरबीसीएलको ०.६४ प्रतितश, सानिमा जिआइसीको ०.५८ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.५६ प्रतिशत, युनाइटेड अजोडको ०.६७ प्रतिशत र आइएमई लाइफको ०.०७ प्रतिशतले बढेको छ । आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा गार्डियन माइक्रो लाइफ रहेको छ । कम्पनीको सेयरभाउ १.८२ प्रतिशतले घटेर १८०० रुपैयाँ कायम भएकोछ ।
त्यस्तै, एशियन लाइफको ०.०२ प्रतिशत, सिटिजन लाइफको ०.२५ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ०.७२ प्रतिशत, हिमालयन लाइफको १ प्रतिशत, एलआइसी नेपालको ०.८१ प्रतिशत, नेपाल लाइफको ०.६२ प्रतिशत, नेशनल लाइफको १.३४ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.५५ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.८६ प्रतिशत, सूर्यज्योति लाइफको १.११ प्रतिशत, सन नेपाल लाइफको ०.४१ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.७६ प्रतिशतले घटेको छ ।
यसका साथै हिमालयन एभरेष्टको ०.१९ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.०२ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.३७ प्रतिशत, नेको इन्स्योरेन्सको ०.९३ प्रतिशत, एनएलजीको १.६७ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ०.७६ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.७३ प्रतिशत, सलिकोको ०.९७ प्रतिशत, शिखरको ०.४७ प्रतिशत र हिमालयन रि को १.४९ प्रतिशतले घटेको छ ।

