बुधबार, असार १०,२०८३ 03:59:04
Bizshala
  • बुधबार, असार १०,२०८३ 03:59:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

५ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स

Laxmi Sunrise Bank Limited
५ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३०.७६ अंकले घटेर २५९२.८० विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१० कम्पनीको १ करोड ५० लाख ९५ हजार ७५३ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७१ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

नेप्सेमा रहेका १३ वटा उपसूचकमध्ये आज फाइनान्स समूह बाहेक सबै उपसूचक राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.४० प्रतिशत र निर्जीवन बीमा समूह १.८२ प्रतिशतले घटेको छ । आज ५ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने कम्पनीमा नेपाल लाइफ रहेको छ । 

New Office
CG Motors
Garima Development Bank

कम्पनीको सेयरभाउ २.५० प्रतिशतले बढेर ८१९ रुपैयाँ पुगेको छ । त्यस्तै, प्रभु महालक्ष्मी लाइफको ०.९१ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको ०.८६ प्रसितशत, रिलायबल नेपाल लाइफको ०.७१ प्रतिशत र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ०.१३ प्रतिशतले सेयरभाउ बढेको छ । आज सर्वाधिक गुमाउने वा सेयरमूल्य घट्ने बीमा कम्पनीमा भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको सेयरभाउ ३.२८ प्रतिशतले घटेर ७१०.१० रुपैयाँ कायम भएको छ । त्यस्तै, एलआइसी नेपालको ३.०५ प्रतिशत, आरबीसीएलको २.७० प्रतिशत, आइजीआई प्रुडेन्सियलको २.३४ प्रतिशत, आइएमई लाइफको २.२२ प्रतिशत, सानिमा रिलायन्स लाइफको २.१९ प्रतिशत, नेपाल इन्स्योरेन्सको २.१८ प्रतिशत, युनाइटेड अजोडको १.९४ प्रतिशत, एनएलजी इन्स्योरेन्सको १.८७ प्रतिशत, सानिमा जिआइसीको १.३७ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको १.३३ प्रतिशत, नेको इन्योरेन्सको १.०८ प्रतिशत, एशियन लाइफको ०.८६ प्रतिशत, हिमालयन एभरेष्टको ०.७७ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.७२ प्रतिशत, सिटिजन लाइफको ०.८६ प्रतिशत, सन नेपाल लाइफको ०.५१ प्रतिशत, नेशनल लाइफको ०.४९ प्रतिशत र हिमालयन लाइफको ०.४२ प्रतिशतले सेयरभाउ घटेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.