बुधबार, असार १०,२०८३ 04:06:13
Bizshala
  • बुधबार, असार १०,२०८३ 04:06:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सामान्य अंकले बढ्यो नेप्से, जानकार भन्छन्,‘करेक्सन फेज सकिसक्यो तर असारको दबावले देखिएन गति’

Laxmi Sunrise Bank Limited
सामान्य अंकले बढ्यो नेप्से, जानकार भन्छन्,‘करेक्सन फेज सकिसक्यो तर असारको दबावले देखिएन गति’

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.२७ प्रतिशत अर्थात ५.६० अंकले बढेर २०७१.७७ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०५ प्रतिशतले बढेर ३६५.०२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१९ वटा कम्पनीको ९४ लाख ३५ हजार ४५४ कित्ता सेयर ४ अर्ब १८ करोड ७७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्, ‘अहिले असारको दबावका कारण बजारले खासै गति लिन नसकेको हो । प्राविधिक रुपमा बजारलाई हेर्दा लगभग करेक्सन फेज सकिएको देखिन्छ । नेप्से चार्टमा केहि दिनदेखि अनिर्णयका क्याण्डलहरु बनेका छन् । आज वा हिजोको क्याण्डलको उच्च विन्दु ब्रेक भएमा बजार एकपटक २३ सय विन्दुसम्म पुग्न सक्छ र घटेमा भने १०–२० अंक ओरालो लाग्न सक्छ ।’

अर्का बजार जानकार अजुर्न थापाले मन्दीका कारण लगानीकर्ता हायलकायल भएका कारण ब्याजदर घट्दापनि  बजार बढ्न नसकेको बताए । ‘पहिले नै लगानीकर्ता डुबेका कारण पनि थप लगानी गर्न लगानीकर्ता डराएका छन् । सरकारबाट पनि कुनै ठोस परिणाम नआएका कारण बजार बढ्न सकेको छैन,’ उनले भने ।    

New Office
CG Motors
Garima Development Bank

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ८ वटा समूहमा हरियाली छायो । आज लगानी समूहमा सबैभन्दा धेरै वृद्धि देखियो । यो समूह १.७० अंकले बढ्यो । साथै आज विकास बैंक ०.३२ प्रतिशत,होटल १.१२,हाईड्रो १.१८,जीवन बीमा ०.५५,उत्पादन तथा प्रशोधन ०.३९,लघुवित्त ०.३४ र म्युचुअल फण्ड समूह ०.४२ प्रतिशतले बढ्यो ।  

आज वित्त समूहमा सबैभन्दा धेरै अर्थात २.१५ प्रतिशतको गिरावट आयो । बैंकिङ समूहमा पनि ०.४६ प्रतिशतले घटेको आज निर्जीवन बीमा ०.२२,अन्य ०.०१ र व्यापार समूह ०.१८ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन आरएसडीसी लघुवित्तको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १४ करोड ८२ लाख बढीको सेयर कारोबार भयो ।  

यस्तै एनआरएन इन्फ्रास्ट्रक्चरको १२ करोड ६२ लाख,नेपाल फाइनान्सको ९ करोड ६९ लाख र पोखरा फाइनान्सको ९ करोड ४७ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज मकर जितुमाया सुरी हाईड्रोको सेयरमूल्यमा मात्रै सकारात्मक सर्किट लाग्यो । आज न्यादी हाईड्रोको सेयरमूल्य ८.२३ प्रतिशत,अपर सोलु हाईड्रोको ६.९० र हाथवे इ्रन्भेष्टमेन्टको सेयरमूल्य ६.६४ प्रतिशतले बढ्यो ।  

आज साधना लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । यस्तै आज गूडविल फाइनान्सको सेयरमूल्य ३.७७ प्रतिशत,जानकी फाइनान्सको ३.६७ र शिवश्री हाईड्रोको सेयरमूल्य ३.५६ प्रतिशतले घट्यो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.