सोमबार, श्रावण १८,२०८३ 11:39:54
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:39:54
Bizshala
Global IME Bank Limited

नेप्सेमा बन्यो ‘ट्विजर बटम प्याट्रन’, ट्रेन्ड रिभर्सलको संकेत

नेप्सेमा बन्यो ‘ट्विजर बटम प्याट्रन’, ट्रेन्ड रिभर्सलको संकेत
New Office

काठमाण्डौ । लामो समयदेखि घटेको सेयर बजार आज ३.२१ अंकले बढेको छ । प्राविधिक रुपमा बजारलाई नियाल्दा अघिल्लो सातादेखि लगातार घटको बजारमा आज २०६० को सपोर्ट जोनमा ट्विजर बटम क्याण्डल बनेको छ ।  

बजारमा आइतबार र सोमबारको  दुई दिनको कारोबारमा बनेका क्यान्डलहरुलाई मिलाएर हेर्ने हो भने ट्विजर बटम क्यान्डल प्याट्रन बनेको छ । ट्विजर क्यान्डल भनेको बजारमा बनेको दुईवटा एकै प्रकृतिका क्यान्डल स्टिकलाई बुझिन्छ । यस्ता क्यान्डल बुलिस र बियरिस दुवै बजारमा बन्न सक्छन् ।  

यदि बुलिस बजारमा हरिया क्याण्डल पछि यस्ता क्याण्डल बन्छन् भने त्यसलाई ‘ट्विजर टप’ भनेर बुझिन्छ । यसले सम्भावित रुपमा बजार बियरिस यात्रामा जान सक्ने संकेत गर्छ । यसविपरीत यदि बियरिस बजारमा एकै प्रकृतिको क्यान्डल बन्छ भने त्यसलाई ट्विजर बटम प्याट्रन भनेर बुझिन्छ । यसले सम्भावित रुपमा बजार माथि जाने संकेत गर्छ ।  

आजको बजारमा २०६० विन्दुभन्दा माथि ट्विजर बटम क्यान्डल बनेको छ । यसले सम्भावित रुपमा बजार माथि जान सक्ने संकेत गर्छ । यसको कन्फर्मेसनका लागि भने अब बन्ने क्यान्डल महत्वपूर्ण हुन्छ ।

अब बन्ने क्यान्डल यदि बुलिस मारुबुजु क्यान्डल बन्छ र यी दुई क्यान्डलभन्दा अगाडि बनेको क्यान्डललाई ब्रेक गर्छ भने बजारमा इन्ट्री गर्न सकिन्छ । अर्थात् यदि अब बजार २०८०  भन्दा माथि भोल्युमसहित टिक्छ भने आज बनेको ट्विजर बटम भ्यालिड हुन जान्छ । अझै राम्रो हालको बजार २१ सय भन्दा माथि टिकेमा हुने छ । यस विपरित यदि बजार हाल बनेका क्याण्डहरुको न्यून विन्दु २०५८ भन्दा तल जान्छ  भने आज बनेको क्यान्डल स्टिक प्याट्रन इन्भ्यालिड पनि हुन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.