आईतवार, असार १५,२०८२ 09:29:20
  • आईतवार, असार १५,२०८२ 09:29:20
Global IME Bank Limited

नेप्सेमा बन्यो ‘ट्विजर बटम प्याट्रन’, ट्रेन्ड रिभर्सलको संकेत

Hyundai Nepal
नेप्सेमा बन्यो ‘ट्विजर बटम प्याट्रन’, ट्रेन्ड रिभर्सलको संकेत
Nabil Bank Limited

काठमाण्डौ । लामो समयदेखि घटेको सेयर बजार आज ३.२१ अंकले बढेको छ । प्राविधिक रुपमा बजारलाई नियाल्दा अघिल्लो सातादेखि लगातार घटको बजारमा आज २०६० को सपोर्ट जोनमा ट्विजर बटम क्याण्डल बनेको छ ।  

बजारमा आइतबार र सोमबारको  दुई दिनको कारोबारमा बनेका क्यान्डलहरुलाई मिलाएर हेर्ने हो भने ट्विजर बटम क्यान्डल प्याट्रन बनेको छ । ट्विजर क्यान्डल भनेको बजारमा बनेको दुईवटा एकै प्रकृतिका क्यान्डल स्टिकलाई बुझिन्छ । यस्ता क्यान्डल बुलिस र बियरिस दुवै बजारमा बन्न सक्छन् ।  

यदि बुलिस बजारमा हरिया क्याण्डल पछि यस्ता क्याण्डल बन्छन् भने त्यसलाई ‘ट्विजर टप’ भनेर बुझिन्छ । यसले सम्भावित रुपमा बजार बियरिस यात्रामा जान सक्ने संकेत गर्छ । यसविपरीत यदि बियरिस बजारमा एकै प्रकृतिको क्यान्डल बन्छ भने त्यसलाई ट्विजर बटम प्याट्रन भनेर बुझिन्छ । यसले सम्भावित रुपमा बजार माथि जाने संकेत गर्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

आजको बजारमा २०६० विन्दुभन्दा माथि ट्विजर बटम क्यान्डल बनेको छ । यसले सम्भावित रुपमा बजार माथि जान सक्ने संकेत गर्छ । यसको कन्फर्मेसनका लागि भने अब बन्ने क्यान्डल महत्वपूर्ण हुन्छ ।

अब बन्ने क्यान्डल यदि बुलिस मारुबुजु क्यान्डल बन्छ र यी दुई क्यान्डलभन्दा अगाडि बनेको क्यान्डललाई ब्रेक गर्छ भने बजारमा इन्ट्री गर्न सकिन्छ । अर्थात् यदि अब बजार २०८०  भन्दा माथि भोल्युमसहित टिक्छ भने आज बनेको ट्विजर बटम भ्यालिड हुन जान्छ । अझै राम्रो हालको बजार २१ सय भन्दा माथि टिकेमा हुने छ । यस विपरित यदि बजार हाल बनेका क्याण्डहरुको न्यून विन्दु २०५८ भन्दा तल जान्छ  भने आज बनेको क्यान्डल स्टिक प्याट्रन इन्भ्यालिड पनि हुन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.