आईतवार, असार १५,२०८२ 09:07:30
  • आईतवार, असार १५,२०८२ 09:07:30
Global IME Bank Limited

दोहोरो अंकले घट्यो नेप्से,‘ लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा’

Hyundai Nepal
दोहोरो अंकले घट्यो नेप्से,‘ लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा’
Nabil Bank Limited

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.७७ प्रतिशत अर्थात १५.४१ अंकले घटेर १ हजार ९६९.०२ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८० प्रतिशतले घटेर ३४७.९५ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा कम्पनीको ५६ लाख ५६ हजार २८२ कित्ता सेयर २ अर्ब ५ करोड ८३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार अजय सिंह थापा(जयशम्भु)भन्छन्, ‘आज २–३ वटा आधारभूत कारणले बजारमाथि जान सकेन । बैंक तथा वित्तीय संस्थाहरुको रिपोर्ट राम्रो नआउनु,वित्तीय विवरण सार्वजनिक गर्न बाँकी कम्पनीहरुको पनि राम्रो आउने छाटकाट नदेखिनु र तत्कालै मौद्रिक नीतिको समीक्षा पनि आउने खबर नबाहिरिएकाले बजारले गति लिन नसकेको हो । ’

थापाका अनुसार प्राविधिक रुपमा पनि ‘सी’वेभको करेक्सन नसकिएका कारण बजार बढ्न नसकेको हो । जसका कारण लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामै रहेको उनले बताए ।  

अर्का बजार जानकार दामोदर गजुरेलको विचारमा पनि संसदमा बाफिया ऐन पेश हुनु, धितोपत्र कसुरमा प्रहरीले छानविन गर्न सक्ने प्रावधान आउनु र ब्रोकरहहरु पनि आर्थिक रुपमा समस्यामा पर्दै जानुले बजारले गति लिन नसकेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

‘अहिले सकारात्मक भन्दापनि नकारात्मक विषयवस्तु धेरै आउँदा डिमान्ड साइड कमजोर बनेको छ । यद्यपी बजेट र लगानी सम्मेलनबाट केहि अपेक्षा भने गर्न सकिन्छ ।’ उनले भने ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा समूहबाहेक अन्य सबै समूहमा रातो पोतियो । आज म्युचुअल फण्ड समूह ०.०२ प्रतिशतले बढ्यो ।  

आज फाइनान्स समूहमा सबैभन्दा धेरै गिरावट देखियो । फाइनान्स समूह २.१० प्रतिशतले घटेको आज बैंकिङ समूह ०.६३, विकास बैंक ०.९५,होटल ०.३४,हाईड्रो ०.९१,लगानी ०.६०,जीवन बीमा ०.७९,उत्पादन तथा प्रशोधन १.२०,लघुवित्त ०.९७,निर्जीवन बीमा ०.५४,अन्य ०.४९ र व्यापार समूह ०.४४ प्रतिशतले घटेको छ ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन गोर्खाज फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ११ करोड ५४ लाख बढीको सेयर कारोबार भयो ।  

त्यस्तै आज जोशी हाईड्रोको सेयरमूल्य १० करोड १० लाख,सर्वोत्तम सिमेन्टको ५ करोड ८४ लाख,सोनापुर मिनरल्सको ४ करोड ८९ लाख र आइएमई लाइफ ४ करोड ६८ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज पिपुल्स पावरको सेयरमूल्य सर्वाधिक अर्थात ६.९१ प्रतिशतले बढ्यो । त्यस्तै मानुषी लघुवित्तको सेयरमूल्य ४.२७ प्रतिशतले बढ्यो ।  

आज दोल्ती पावरको सेयरमूल्य सर्वाधिक अर्थात ७.३७ प्रतिशतले घट्यो । यो दिन हिमालयन लघुवित्तको सेयरमूल्य ४.७४ र मोलुङ हाईड्रोको सेयरमूल्य ४.२५ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.