आईतवार, असार १५,२०८२ 10:17:57
  • आईतवार, असार १५,२०८२ 10:17:57
Global IME Bank Limited

उच्च अंकले घट्यो नेप्से, जानकार भन्छन्,‘बुलभित्रकै करेक्सन’

Hyundai Nepal
उच्च अंकले घट्यो नेप्से, जानकार भन्छन्,‘बुलभित्रकै करेक्सन’
Nabil Bank Limited

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा दोहोरो अंकको उच्च गिरावट आएको छ । आज नेप्से परिसूचक ३.२० प्रतिशत अर्थात ९०.७३ अंकले घटेर २ हजार ७३९.४६ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.२३ प्रतिशतले घटेर ४८८.७१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा स्क्रिप्टको २ करोड ६५ लाख ८४ हजार १९२ कित्ता सेयर १२ अर्ब ९२ करोड ५६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार सुमन कुमार रिजाल भन्छन्,  ‘सोमबार १०० अंक बढीले बढेको बजारमा आज बजारमा नाफा बुक भएको छ । केही लगानीकर्ताले बजारमा आत्तिएर छिटो–छिटो बेच्दा बजारमा उच्च उतारचढाव आएको छ ।’

रिजालले केही दिनमा नै बजारमा बाउन्सब्याक आउने र बजार दशैं अघि २९ सय विन्दुभन्दा माथि नै पुग्ने बताए ।  

अर्का बजार जानकार  सुवासचन्द्र ढुङ्गानाले बजारले २८६० मा प्रतिरोध सामना गरेको बजारमा आज ठूलो अंकको करेक्सन देखिएको बताए । ‘यद्यपी यो  बुलभित्रकै करेक्सन भएकोले दीर्घकालका लागि यो लगानी गर्ने उपयुक्त समय हो ।’  

CG Motors
Muktinath Bikas Bank Limited

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा गिरावट आयो । आज वित्त समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज ५.१५ प्रतिशतले घट्यो । यस्तै आज विकास बैंक समूह ३.१७ प्रतिशत,विकास बैंक २.२९,होटल ४.४७,हाईड्रो ३.५९,लगानी ३.५६,जीवन बीमा ३.७१,उत्पादन तथा प्रशोधन २.५५,लघुवित्त १.३८,म्युचुअल फण्ड १.३७,निर्जीवन बीमा २.७३,अन्य ३.७८ र व्यापार समूह २.६३ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३० करोड ५२ लाख बढीको कारोबार भयो । एक्सेल डेभलपमेन्ट बैंकको आज ३० करोड १५ लाख,हिमालयन रि इन्स्योरेन्सको २९ करोड ८० लाख,एनएलजी इन्स्योरेन्सको २८ करोड ३३ लाख र सानिमा रिलायन्स लाइफको २८ करोड २२ लाख बढीको सेयर कारोबार  भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ५ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज एक्सेल डेभलपमेन्ट बैंक,विन नेपाल लघुवित्त,सामूदायिक लघुवित्त,समाज लघुवित्त र इष्टर्न हाईड्रोपावरको सेयरमूल्यमा अपर सर्किट लाग्यो । यस्तै आज एशियन हाईड्रोको सेयरमूल्य ८.९१ प्रतिशत,धौलागिरी लघुवित्तको ८.४४,मानुषी लघुवित्तको ५.९३,उन्नती सहकार्य लघुवित्तको ४.५१ र आत्मनिर्भर लघुवित्तको सेयरमूल्य ४.०२ प्रतिशतले बढ्यो ।  

यो दिन गुडविल फाइनान्सको सेयरमूल्य ८.४१ प्रतिशतले घट्यो । हिमालयन पावर पार्टनरको सेयरमूल्य ७.६३ प्रतिशत र सुपरमाई हाईड्रोपावरको ७.४८ प्रतिशतले घट्यो ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.