• बुधबार, श्रावण २८,२०८२ 04:50:26
Global IME Bank Limited

लगातार ३ दिन घट्यो नेप्से, कारोबार पनि दैनिक खुम्चिदै

Hyundai Nepal
लगातार ३ दिन घट्यो नेप्से, कारोबार पनि दैनिक खुम्चिदै
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा गिरावट आएको छ । आज नेप्से परिसूचक ०.१८ प्रतिशत अर्थात ५.२८ अंकले घटेर २ हजार ७९०.९५ विन्दुमा सीमित बनेको छ ।

यससँगै नेप्से लगातार ३ दिन घटेको छ । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२४ प्रतिशतले घटेर ४८०.१९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२१ वटा स्क्रिप्टको १ करोड ५८ लाख ४७ हजार ८७३ कित्ता सेयर ६ अर्ब १६ करोड १८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

अघिल्लो दिन भने ६ अर्ब ९० करोड बढीको कारोबार भएको थियो ।  

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल भन्छन्,  ‘ बजारको घटबढ स्वभाविक प्रक्रिया हो । अहिलेको घटाईले बजार थप मजबुत बन्दै गईरहेको छ । पैसा र पोलिसी सहजनै छ । बैंकको ब्याजदर घट्दो क्रममा छ । त्यसैले ढुक्क भएर लगानी गर्ने समय रहेको छ ।’

Shivam Cement
Muktinath Bikas Bank Limited

यस्तै उनले बजार मात्तिने र आत्तिने कुनैपनि अवस्था नरहेको समेत बताए ।  

अर्का सक्रिय लगानीकर्ता विष्णु भुसालले एकपटक बढेको बजारमा करेक्सन आएको र अब बजार धेरै तल नजाने बताए । ‘ कारोबार २६ अर्बबाट ६ अर्बमा सीमित बनेको छ ।यसले बजारमा लगभग बटम लागेको भन्न सकिन्छ । यस हिसाबले दशैं अघि बजारमा राम्रो स्विङ आउने सम्भावना छ,’ उनले भने ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ६ वटा समूह बाहेक अन्य ७ वटा समूहमा रातो पोतियो । आज विकास बैंक समूह सर्वाधिक अर्थात ०.७२ प्रतिशतले बढ्यो । फाइनान्स समूह पनि ०.१८ प्रतिशत, लगानी ०.०४,म्युचुअल फण्ड ०.२३,अन्य ०.०१ र व्यापार समूह ०.४६ प्रतिशतले बढ्यो ।  

होटल समूह आज सर्वाधिक अर्थात ०.६२ प्रतिशतले ओरालो लाग्यो । बैंकिङ समूह पनि आज ०.५९ प्रतिशत,होटल ०.६२, हाईड्रो ०.२१, जीवन बीमा ०.४२, उत्पादन तथा प्रशोधन ०.१२,लघुवित्त ०.१२ र निर्जीवन बीमा ०.११ प्रतिशतले घट्यो ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन बलेफि हाईड्रोको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३४ करोड ११ लाख बढीको कारोबार भयो । अपर मोदी हाईड्रोको पनि आज २७ करोड ४७ लाख, शिवम् सिमेन्टको २४ करोड ४५ हजार र एनआरएन इन्फ्रास्ट्रक्चरको १९ करोड १२ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । मायाखोला हाईड्रोपावरको सेयरमूल्य आज सर्वाधिक अर्थात ५.७४ प्रतिशतले बढ्यो । नेपाल रिपब्लिक मिडियाको सेयरमूल्य पनि आज ३.६६ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको ३.३३ र समाज लघुवित्तको सेयरमूल्य ३.३१ प्रतिशतले घट्यो ।  

सिक्लेस हाईड्रोको सेयरमूल्य आज सर्वाधिक अर्थात ३.४५ प्रतिशतले घट्यो । बलेफि हाईड्रोको सेयरमूल्य पनि आज ३.४५ प्रतिशत र उपकार लघुवित्तको सेयरमूल्य २.८३ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.