सोमबार, श्रावण १८,२०८३ 11:39:36
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:39:36
Bizshala
Global IME Bank Limited

नेप्सेको गतिलो बाउन्सब्याक, जानकार भन्छन्, ‘बजार अल टाइम हाईको बाटोमा’

नेप्सेको गतिलो बाउन्सब्याक, जानकार भन्छन्, ‘बजार अल टाइम हाईको बाटोमा’
New Office

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा उछाल आएको छ । आज नेप्से परिसूचक ४.७२ प्रतिशत अर्थात १२७.३२ अंकले बढेर २ हजार ८२३.२५ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४.७७ प्रतिशतले बढेर ५०३.८३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३५ वटा स्क्रिप्टको ३ करोड १४ लाख ३० हजार ४८ कित्ता सेयर १३ अर्ब १० करोड ४६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु)भन्छन्,  ‘नाफा बुक गरेर बसेका लगानीकर्ता बजार प्रवेश गर्दा आज बजारले राम्रो बाउन्सब्याक गरेको छ । प्राविधिक रुपमा फिवोनासीको ३८ प्रतिशतको आसपासमा करेक्सन लिएर गति लिएको छ । ८ दिन रातो क्याण्डल बनेपछि बजारमा आज बुलिस क्याण्डल बनेको छ । यसले अब बजार ३२ सय विन्दुसम्म पुग्न सक्ने देखिन्छ ।’

अर्का बजार जानकार दामोदर गजुरेलले आजको बजारको वृद्धिलाई बाउन्सब्याकको रुपमा लिन सकिने बताए । ‘प्राविधिक रुपमा अब बोलिङ्गरको मध्य ब्याण्ड २८४० को विन्दु महत्वपूर्ण हुने देखिन्छ । यदि  बजार भोलि २८४० भन्दा माथि कारोबारसहित टिकेमा  बजारले राम्रो र्याली ल्याउने देखिन्छ,’उनले भने ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । आज वित्त समूहमा सर्वाधिक उछाल आयो । आज यो समूह ७.९४ प्रतिशतले बढ्यो । यस्तै आज बैंकिङ समूह ४.७३ प्रतिशत, विकास बैंक ४.९९, होटल ४.९२, हाईड्रो ५.३६,लगानी ५.४५,जीवन बीमा ४.६९,उत्पादन तथा प्रशोधन ३.३३,लघुवित्त ३.३३,म्युचुअल फण्ड ०.८४,निर्जीवन बीमा ४.८१,अन्य ४.१४ र व्यापार समूह २.८५ प्रतिशतले बढ्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन गुडविल फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ४६ करोड ५२ लाख बढीको कारोबार  भयो ।  

अपि पावरको आज ४१ करोड ८८ लाख,हिमालयन रि इन्स्योरेन्सको ३३ करोड १३ लाख, अरुण भ्याली पावर कम्पनी २४ करोड ३२ लाख र नेपाल फाइनान्सको २३ करोड ८८ लाख बढीको कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका १४ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज नेशनल हाईड्रोपावर,वेष्ट फाइनान्स,समृद्धि फाइनान्स,प्रोग्रसिभ फाइनान्स,एनएलजी इन्स्योरेन्स,रिलायन्य फाइनान्स,सुपर माई हाईड्रोपावर,दोल्ती पावर,मल्टीपर्सस फाइनान्स,कालिञ्चोक दर्शन,मोदी इनर्जी,बुटवल पावर,जोशी हाईड्रोपावर र गुहेश्वरी मर्चेन्टको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यो दिन माई खोला हाईड्रोपावरको सेयरमूल्य सर्वाधिक अर्थात ३.५९ प्रतिशतले घट्यो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.