आईतवार, असार १५,२०८२ 10:10:43
  • आईतवार, असार १५,२०८२ 10:10:43
Global IME Bank Limited

नेप्सेको गतिलो बाउन्सब्याक, जानकार भन्छन्, ‘बजार अल टाइम हाईको बाटोमा’

Hyundai Nepal
नेप्सेको गतिलो बाउन्सब्याक, जानकार भन्छन्, ‘बजार अल टाइम हाईको बाटोमा’
Nabil Bank Limited

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा उछाल आएको छ । आज नेप्से परिसूचक ४.७२ प्रतिशत अर्थात १२७.३२ अंकले बढेर २ हजार ८२३.२५ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४.७७ प्रतिशतले बढेर ५०३.८३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३५ वटा स्क्रिप्टको ३ करोड १४ लाख ३० हजार ४८ कित्ता सेयर १३ अर्ब १० करोड ४६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु)भन्छन्,  ‘नाफा बुक गरेर बसेका लगानीकर्ता बजार प्रवेश गर्दा आज बजारले राम्रो बाउन्सब्याक गरेको छ । प्राविधिक रुपमा फिवोनासीको ३८ प्रतिशतको आसपासमा करेक्सन लिएर गति लिएको छ । ८ दिन रातो क्याण्डल बनेपछि बजारमा आज बुलिस क्याण्डल बनेको छ । यसले अब बजार ३२ सय विन्दुसम्म पुग्न सक्ने देखिन्छ ।’

अर्का बजार जानकार दामोदर गजुरेलले आजको बजारको वृद्धिलाई बाउन्सब्याकको रुपमा लिन सकिने बताए । ‘प्राविधिक रुपमा अब बोलिङ्गरको मध्य ब्याण्ड २८४० को विन्दु महत्वपूर्ण हुने देखिन्छ । यदि  बजार भोलि २८४० भन्दा माथि कारोबारसहित टिकेमा  बजारले राम्रो र्याली ल्याउने देखिन्छ,’उनले भने ।    

CG Motors
Muktinath Bikas Bank Limited

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । आज वित्त समूहमा सर्वाधिक उछाल आयो । आज यो समूह ७.९४ प्रतिशतले बढ्यो । यस्तै आज बैंकिङ समूह ४.७३ प्रतिशत, विकास बैंक ४.९९, होटल ४.९२, हाईड्रो ५.३६,लगानी ५.४५,जीवन बीमा ४.६९,उत्पादन तथा प्रशोधन ३.३३,लघुवित्त ३.३३,म्युचुअल फण्ड ०.८४,निर्जीवन बीमा ४.८१,अन्य ४.१४ र व्यापार समूह २.८५ प्रतिशतले बढ्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन गुडविल फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ४६ करोड ५२ लाख बढीको कारोबार  भयो ।  

अपि पावरको आज ४१ करोड ८८ लाख,हिमालयन रि इन्स्योरेन्सको ३३ करोड १३ लाख, अरुण भ्याली पावर कम्पनी २४ करोड ३२ लाख र नेपाल फाइनान्सको २३ करोड ८८ लाख बढीको कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका १४ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज नेशनल हाईड्रोपावर,वेष्ट फाइनान्स,समृद्धि फाइनान्स,प्रोग्रसिभ फाइनान्स,एनएलजी इन्स्योरेन्स,रिलायन्य फाइनान्स,सुपर माई हाईड्रोपावर,दोल्ती पावर,मल्टीपर्सस फाइनान्स,कालिञ्चोक दर्शन,मोदी इनर्जी,बुटवल पावर,जोशी हाईड्रोपावर र गुहेश्वरी मर्चेन्टको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यो दिन माई खोला हाईड्रोपावरको सेयरमूल्य सर्वाधिक अर्थात ३.५९ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.