सोमबार, कार्तिक २,२०८३ 04:36:07
  • सोमबार, कार्तिक २,२०८३ 04:36:07
Global IME Bank Limited

२६ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सन नेपाल लाइफ

Bizshala
२६ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सन नेपाल लाइफ
New Office

काठमाण्डौ । नयाँ वर्ष २०८२ सालको पहिलो कारोबार दिन सेयरबजारमा हरियाली छाएको छ । नेप्से परिसूचक २७.१४ अंकले बढेर २६८९.२२ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३२० कम्पनीको २ करोड १८ लाख ४१ हजार ४७ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५४ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।

बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह ०.८६ प्रतिशत र निर्जीवन बीमा उपसूचक १.०९ प्रतिशतले बृद्धि भएको छ । आज तीन कम्पनीको मात्रै सेयरभाउ घटेको छ भने २६ कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ९.९९ प्रतिशतले बढेर ४८६.६० रुपैयाँ पुगेको छ । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

त्यस्तै, क्रेष्ट माइक्रो लाइफको ९.९८ प्रतिशत, सूर्यज्योति लाइफको १.८६ प्रतिशत, गार्डियन माइक्रो लाइफको १.७९ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.६९ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.६० प्रतिशत, हिमालयन एभरेष्टको १.४९ प्रतिशत, नेपाल लाइफको १.३९ प्रतिशत, शिखरको १.३९ प्रतिशत, युनाइटेड अजोडको १.३६ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.३६ प्रतिशत र नेशनल लाइफको १.३० प्रतिशतले बढेको छ ।

यसका साथै हिमालयन रि को १.२३ प्रतिशत, आरबीसीएलको १.२१ प्रतिशत, एशियन लाइफको १.२१ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.१३ प्रतिशत, हिमालयन लाइफको ०.८० प्रतिशत, आइएमई लाइफको ०.७८ प्रतिशत, सगरमाथा लुम्बिनीको ०.७५ प्रतिशत, नेको इन्स्योरेन्सको ०.७० प्रतिशत, सानिमा जिआइसीको ०.५५ प्रतिशत, एलआइसी नेपालको ०.४९ प्रतिशत, सिटिजन लाइफको ०.४९ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.२० प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.१७ प्रतिशत र एनएलजी इन्स्योरेन्सको ०.०३ प्रतिशतले सेयरभाउ बढेको छ । 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

आज तीन बीमा कम्पनीको मात्रै सेयरभाउ घटेको छ । सर्वाधिक गुमाउनेमा सन नेपाल लाइफ रहेको छ । कम्पनीको सेयरभाउ १.०१ प्रतिशतले घटेर ६३४ रुपैयाँ कायम भएको छ । त्यस्तै, नेपाल रि इन्स्योरेन्सको ०.३१ प्रतिशत र रिलायबल नेपाल लाइफको ०.८९ प्रतिशतले घटेको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.