आईतवार, असार १५,२०८२ 09:13:52
  • आईतवार, असार १५,२०८२ 09:13:52
Global IME Bank Limited

नेप्सेमा आज पनि झिनो अंकको गिरावट, ‘लगानीकर्ता अझै फेस्टिभ मूडमै’

Hyundai Nepal
नेप्सेमा आज पनि झिनो अंकको गिरावट, ‘लगानीकर्ता अझै फेस्टिभ मूडमै’
Nabil Bank Limited

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.०७ प्रतिशत अर्थात १.८८ अंकले घटेर २ हजार ६७५.५१ विन्दुमा झरेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१६ प्रतिशतले घटेर ४७७.१८ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा स्क्रिप्टको १ करोड १६ लाख ८६९ कित्ता सेयर ५ अर्ब २२ करोड २४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

CG Motors
Muktinath Bikas Bank Limited

आजको बजारबारे बजार जानकार दामोदर गजुरेल भन्छन्, ‘लगानीकर्ता अझै पनि फेस्टिभ मूडमा नै देखिन्छन् । छठ पर्व चलिरहेको छ । सबै लगानीकर्ता बजार फर्कि सकेका छैनन् । अब आउने साताबाट बजारले गति लिन सक्छ । अहिले बैकिङ क्षेत्रमा पनि करेक्सन सकिएको छ ।’ गजुरेलले अहिले बजारमा एक्यूमुलेसन चलिरहेको बताउँदै प्राविधिक रुपमा पनि बजार राम्रै अवस्थामा चलेको बताए । ‘तिहार अघि सेयर किनेका हरुले बेच्दा आजभोली बजार बजार बढ्न नसेकोको हो,’ उनले भने ।  

अर्का बजार जानकार बिरेन्द्र विष्टले पनि आगामी साताबाट बजारले गति लिने बताए । उनको विचारमा पनि अहिले लगानीकर्ता फेस्टिभ मूडमा नै रहेको कारण बजारले गति लिन नसकेको हो । ‘अब आगामी साताबाट बजारले गति लिन्छ, विष्टले भने ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज म्युचुअल फण्ड समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज १.०९ प्रतिशतले बढ्यो ।  

यस्तै आज विकास बैंक समूह ०.७३ प्रतिशत,वित्त ०.७९,हाईड्रो ०.४६ र व्यापार समूह ०.२९ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३५ करोड ३८ लाख बढीको कारोबार भयो । पिपुल्स हाईड्रोपावरको आज २३ करोड ९४ लाख,समृद्धि फाइनान्सको २३ करोड ७५ लाख र सानिमा जिआईसीको १९ करोड ७३ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज नारायणी डेभलपमेन्ट बैंक र बलेफि हाईड्रोपावरको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।  

यस्तै पिपुल्स हाईड्रोपावरको सेयरमूल्य ९.१२ प्रतिशत,समृद्धि फाइनान्सको ८.७९ र राप्ती हाईड्रोको सेयरमूल्य ७.८० प्रतिशतले बढ्यो ।  

यो दिन कुथेली बुखरी स्मल हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ९.५५ प्रतिशतले घट्यो । नेपाल फाइनान्सको सेयरमूल्य पनि ८.२६ प्रतिशत,समाज लघुवित्तको ६.२१ र युनाइटेड मोदीको सेयरमूल्य ४.०३ प्रतिशतले घट्यो ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.