बुधबार, असार १०,२०८३ 03:58:28
Bizshala
  • बुधबार, असार १०,२०८३ 03:58:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

तीन बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, हिमालयन रि का सेयरधनीले सर्वाधिक गुमाए

Laxmi Sunrise Bank Limited
तीन बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, हिमालयन रि का सेयरधनीले सर्वाधिक गुमाए

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १५.६२ अंकले घटेर १९५८.७५ विन्दुमा कायम भएको छ ।  

सूचीकृत ३१० कम्पनीको ६९ लाख ७८ हजार ३२१ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ८९ करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा उपसूचक ०.४६ प्रतिशत र निर्जीवन बीमा उपसूचक १.०८ प्रतिशतले घटेको छ ।  

आज तीनवटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने कम्पनीमा सिटिजन लाइफ रहेको छ । कम्पनीको सेयरमूल्य २.६१ प्रतिशतले घटेर ४६३.१० रुपैयाँ पुगेको छ ।  

यसका साथै एलआइसी नेपालको ०६४ प्रतिशतले बढेर १२६५ रुपैयाँ र रिलायबल नेपाल लाइफको ०.२३ प्रतिशतले बढेर ४२७ रुपैयाँ पुगेको छ ।  

New Office
CG Motors
Garima Development Bank

आज सर्वाधिक सेयरभाउ घट्ने बीमा कम्पनीमा भने हिमालयन रि इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.९४ प्रतिशतले घटेर ५७५.१० रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, नेपाल पुनर्बीमाको २.१६ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.८२ प्रतिशत, आइएमई लाइपको १.८१ प्रतिशत, हिमालयन एभरेष्टको १.७१ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.६८ प्रतिशत, सुर्यज्योति लाइफको १.६८ प्रतिशत, सलिकोको १.४२ प्रतिशत, सानिमा रिलायन्स लाइफको १.३६ प्रतिशत, नेपाल लाइफको १.१९ प्रतिशत, एनएलजीको ०.७९ प्रतिशत, हिमालयन लाइफको ०.७२ प्रतिशत, सन नेपाल लाइफको ०.६७ प्रतिशत, शिखरको ०.५८ प्रतिशत, युनाइटेड अजोडको ०.५६ प्रतिशत, एशियन लाइफको ०.५५ प्रतिशत, नेशनल लाइफको ०.२१ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.१३ प्रतिशत र प्रभु महालक्ष्मी लाइफको ०.१० प्रतिशतले सेयरमूल्य घटेको छ ।  

आज सर्वाधिक सिटिजन लाइफको कारोबार भएको छ । कम्पनीको ३१ करोड ९८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.