बुधबार, असार १०,२०८३ 04:09:28
Bizshala
  • बुधबार, असार १०,२०८३ 04:09:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

७ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा प्रभु महालक्ष्मी लाइफ

Laxmi Sunrise Bank Limited
७ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा प्रभु महालक्ष्मी लाइफ

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ७.३३ अंकले घटेर २५८८.६२ विन्दुमा कायम भएको छ । बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.६१ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.०६ प्रतिशतले घटेको छ । 

बीमा समूहहरु घटेपनि आज ७ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने बीमा कम्पनीमा एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.३९ प्रतिशतले बढेर १०३१ रुपैयाँ कायम भएको छ । 

New Office
CG Motors
Garima Development Bank

त्यस्तै, नेपाल इन्स्योरेन्सको २.३९ प्रतिशत, हिमालयन एभरेष्टको १.४५ प्रतिशत, नेपाल रि को ०.८६ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.४५ प्रतिशत, रिलाबयलन नेपाल लाइफको ०.३९ प्रतिशत र नेपाल लाइफको ०.०७ प्रतिशतले सेयरभाउ बढेको छ । यसका साथै आज सर्वाधिक गुमाउनेमा भने प्रभु महालक्ष्मी लाइफ रहेको छ । कम्पनीको सेयरभाउ २.३७ प्रतिशतले घटेर ५४२.८० रुपैयाँ कायम भएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, एशियन लाइफको ०.४८ प्रतिशत, सिटिजन लाइफको १.०१ प्रतिशत, हिमालयन लाइफको १.१८ प्रतिशत, आइएमई लाइफको ०.४५ प्रतिशत, एलआइसी नेपालको १.१९ प्रतिशत, नेशनल लाइफको ०.१४ प्रतिशत, सुर्यज्योति लाइफको ०.२२ प्रतिशत र सन नेपाल लाइफको १.१३ प्रतिशतले सेयरभाउ घटेको छ। यसका साथै आइजीआई प्रुडेन्सियलको ०.३५ प्रतिशत, नेको इन्स्योरेन्सको ०.३२ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.३२ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.७२ प्रतिशत, आरबीसीएलको ०.६८ प्रतिशत, सलिकोको १.७९ प्रतिशत, सानिमा जिआइसीको १.३४ प्रतिशत, शिखरको ०.४५ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.८५ प्रतिशत, युनाइटेड अजोडको ०.७९ प्रतिशत र हिमालयन रि को ०.४० प्रतिशतले सेयरभाउ घटेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.