शनिबार, मंसिर ६,२०८२ 10:25:59
IME remit
  • शनिबार, मंसिर ६,२०८२ 10:25:59
IME remit
Global IME Bank Limited

लगातार ३ दिन घट्यो नेप्से, कारोबारमा भने बढोत्तरी

Hyundai Nepal
लगातार ३ दिन घट्यो नेप्से, कारोबारमा भने बढोत्तरी
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.२२ प्रतिशत अर्थात ५.९९ अंकले घटेर २ हजार ६४०.९६ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०२ प्रतिशतले बढेर ४५१.४३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा स्क्रिप्टको १ करोड ७१ लाख ८ हजार ८०९ कित्ता सेयर ७ अर्ब ९७ करोड ८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

CG Motors
New Office
Garima Development Bank

अघिल्लो दिन भने ५ अर्ब १६ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो ।  

आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्,  ‘अहिले बजारले बाफियाको विषयका कारण गति लिन नसकेको हो । यो पुरानै विषय हो र यो छलफलकै चरणमा छ । त्यसैले यही कारणले बजार तरंगित हुन आवश्यक छैन ।’

आजको कारोबार हेदौ बजारमा फेरि कारोबारी हाबी भएको हुनसक्ने उनले बताए ।  

यस्तै अर्का बजार जानकार सुवासचन्द्र ढुङगाना भन्छन्,‘अहिले बजार सपोर्टको जोनमा नै छ र बजार सम्हालिने प्रयास गर्दैछ । जुन, जुलाई र अगस्ट महिनामा सिजिनल रुपमा बजार चल्ने भएकाले बाफियाको विषयले बजारलाई प्रभाव नपार्ने देखिन्छ ।’

उनले असार अघि बजारमा एउटा स्विङको सम्भावना समेत औल्याए ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा रातो पोतियो। आज हाईड्रो समूह र लगानी समूह क्रमशः १.२४ र ०.०१ प्रतिशतले बढ्यो ।  

व्यापार समूह आज सर्वाधिक अर्थात १.५३ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.३६ प्रतिशत, विकास बैंक ०.२०, फाइनान्स ०.२६, होटल ०.३४, जीवन बीमा ०.५८, उत्पादन तथा प्रशोधन १.०९, लघुवित्त ०.३३, म्युचुअल फण्ड ०.२३, निर्जीवन बीमा ०.२३ र अन्य समूह ०.४६ प्रतिशतले घट्यो ।  

Laxmi Sunrise Bank Limited
Shivam Cement
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन राधी विद्युत कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ९१ करोड २३ लाख बढीको सेयर कारोबार भयो । युनिभर्सल पावरको पनि आज ६४ करोड ३७ लाख, बुटवल पावरको ४९ करोड ५५ लाख, ङादी्र ग्रुप पावरको ४३ करोड ३५ लाख र अरुण काबेली पावरको २९ करोड ३ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ५ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज रिभर फल्स पावर,बुटवल पावर, पियोर इनर्जी,बरुण हाईड्रोपावर र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यो दिन राधी विद्युतको सेयरमूल्य ७.५६ प्रतिशत,एशियन हाईड्रोपावर र उपकार लघुवित्तको सेयरमूल्य ६.५४ प्रतिशतले बढ्यो ।  

ओम मेगाश्री फर्मास्युटिकल्सको आज सर्वाधिक अर्थात ९.३० प्रतिशतले घट्यो । ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि आज ३.९० प्रतिशत र सुपर माई हाईड्रोको सेयरमूल्य ३.५५ प्रतिशतले घट्यो ।  

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.