सोमबार, कार्तिक २,२०८३ 04:28:21
  • सोमबार, कार्तिक २,२०८३ 04:28:21
Global IME Bank Limited

झिनो अंकले घट्यो नेप्से,‘साना लगानीकर्ताले मात्रै उकास्न सकेनन् बजार’

Bizshala
झिनो अंकले घट्यो नेप्से,‘साना लगानीकर्ताले मात्रै उकास्न सकेनन् बजार’
New Office

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ३.३४ अंक अर्थात ०.१६ प्रतिशतले घटेर २०६३.९५ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०९ प्रतिशतले घटेर ३६८.०३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०५ वटा कम्पनीको ९४ लाख ४५ हजार ६९७ कित्ता सेयर ३ अर्ब ४९ करोड ६२ लाख रुपैयाँ बढीको कारोबार भएको  छ ।

आजको बजारबारे नेपाल इन्भेष्टर फोरमका अपाध्यक्ष राजन लम्साल भन्छन्,‘ अहिले सबै माहोल सकारात्मक छ । तर पनि सबैकुरा सकारात्मक हुँदा पनि बजार बढ्न सकिरहेको छैन । चैत मसान्तको प्रभाव पनि बजारमा देखिएको छ । बैंक तथा वित्तीय संस्थाले समय अगावै ब्याज माग्ने गर्छन र सेयर बेचेको पैसा आईपुग्न पनि समय लाग्छ ।’

यो समय बोनस सेयर र आईपीओ पनि सूचीकृत भईरहेकाले बजारमा बिक्री दबाव परेको लम्साल बताउँछन् । यद्यपी बजारमा ठूला लगानीकर्ता अझै पनि विश्वस्त नभएको र यसलाई १५/२० करोडको क्यापले रोकिराखेको र यहि कारणले साना लगानीकर्ताले मात्रै बजार उकास्न नसकेको उनी बताउँछन् ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

अर्का बजार जानकार विरेन्द्र विष्ट भन्छन्,‘आज सानो अंकले बजार घट्नुलाई बजार घट्न रोकिएको रुपमा बुझ्न सकिन्छ । नीतिगत परिवर्तन भएपछि बजार विस्तारै सम्हालिन्छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा समूहमात्रै बढेका छन् भने अन्य सबै समूहमा गिरावट आएको छ । आज लघुवित्त समूह २.५१, म्युचुअल फण्ड ०.७५ र व्यापार समूह ०.०८ प्रतिशतले बढे ।  

आज सबैभन्दा धेरै गिरावट उत्पादन तथा प्रशोधन समूहमा आएको छ । यो समूह १.४५ प्रतिशतले घटेको आज बैंकिङ ०.१७,विकास बैंक ०.३५,वित्त ०.५२,होटल ०.५८,हाईड्रो ०.३५,लगानी ०.३६,जीवन बीमा ०.५०, निर्जीवन बीमा ०.००,र अन्य समूह ०.६८ प्रतिशतले घटे ।    

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सोनापुर मिनरल्सको सर्वाधिक सेयर कारोबार भएको छ । यो कम्पनीको आज १९ करोड ५२ लाख बढीको सेयर कारोबार भयो ।  

त्यस्तै शिवम् सिमेन्टको १७ करोड ६० लाख,गोर्खाज फाइनान्सको ११ करोड ९१ लाख र हिमालयन रि इन्स्योरेन्स ७ करोड ४० लाख रुपैयाँबराबरको कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

यो दिन ४ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज गोर्खाज फाइनान्स,बुद्धभुमि नेपाल हाईड्रो,सर्वोत्तम सिमेन्ट र गँुरास लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  

आज धौलागिरी लघुवित्तको सेयरमूल्य ९.२८,गणपति लघुवित्तको ८.१४,एनएमबी माइक्रोफाइनान्सको ७.६१ र आरम्भ चौतारी लघुवित्तको सेयरमूल्य ७.४४ प्रतिशतले बढेको छ ।  

आज बोटलर्स नेपाल(बालाजुं)को सेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यो कम्पनीको सेयरमूल्य ९.३२ प्रतिशतले घट्यो ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.