शनिबार, फाल्गुन १०,२०८१ 09:38:44
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:38:44
IME remit
Global IME Bank Limited

६ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सानिमा रिलायन्स लाइफ

Hyundai Nepal
६ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सानिमा रिलायन्स लाइफ
Nabil Bank Limited

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २७.३२ अंकले घटेर २५३६.११ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३११ कम्पनीको ४ करोड ७ लाख ४७ हजार २२६ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब २० करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये दुईवटा समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी सबै उपसूचक राताम्य छन् । बीमा समूहका दुईवटै उपसूचक घटेको छ ।

जीवन बीमा समूह ०.३१ प्रतिशत र निर्जीवन बीमा समूह ०.१४ प्रतिशतले घटेको छ । बीमा समूह घट्दा आज जम्मा ६ वटा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने बीमा कम्पनीमा सानिमा जिआइसी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ६.१४ प्रतिशतले बढेर ६९० रुपैयाँ पुगेको छ । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

त्यस्तै, नेपाल लाइफको २.६८ प्रतिशतले बढेर ७६५ रुपैयाँ पुगेको छ भने एनएलजी इन्स्योरेन्सको सेयरभाउ २.२१ प्रतिशतले बढेर ९०४ रुपैयाँ पुगेको छ । यसका साथै सुर्यज्योति लाइफको १.१४ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ०.३८ प्रतिशत र युनाइटेड अजोडको ०.०८ प्रतिशतले सेयरभाउ बढेको छ । आज सर्वाधिक गुमाउने वा सेयरमूल्य घट्ने बीमा कम्पनीमा सानिमा रिलायन्स लाइफ रहेको छ । कम्पनीको सेयरभाउ २.२६ प्रतिशतले घटेर ५१८ रुपैयाँ कायम भएको छ । 

त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको १.९५ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १.८७ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.८० प्रतिशत, सन नेपाल लाइफको १.५६ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.५३ प्रतिशत, रिलायबल नेपाल लाइफको १.५२ प्रतिशत, नेको इन्स्योरेन्सको १.५१ प्रतिशत, सिटिजन लाइफको १.५० प्रतिशत, नेशनल लाइफको १.३७ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.२१ प्रतिशत, आरबीसीएलको ०.९६ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ०.८६ प्रतिशत, एशियन लाइफको ०.७१ प्रतिशत, हिमालयन एभरेष्टको ०.५९ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.४६ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.४५ प्रतिशत, हिमालयन लाइफको ०.४१ प्रतिशत, आइएमई लाइफको ०.३९ प्रतिशत र एलआइसी नेपालको ०.३१ प्रतिशतले सेयरभाउ घटेको छ । आज सर्वाधिक कारोबार हिमालयन रि इन्स्योरेन्सको भएको छ । कम्पनीको एकैदिन ३६ करोड ७ लाख रुपैयाँमाथिको कारोबार भएको छ । यता सानिमा जिआइसी इन्स्योरेन्सको पनि २२ करोड ७८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.