बुधबार, असार १०,२०८३ 03:59:46
Bizshala
  • बुधबार, असार १०,२०८३ 03:59:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

तीन बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एलआइसी नेपाल

Laxmi Sunrise Bank Limited
तीन बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एलआइसी नेपाल

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४५.९३ अंकले घटेर २६८९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२१ कम्पनीको १ करोड ७३ लाख ९२ हजार २४४ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ वटै उपसूचक राताम्य भएका छन् । 

जीवन बीमा समूह ३.०७ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.८३ प्रतिशतले घटेको छ । आज जम्मा ३ वटा मात्रै बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा नेशनल लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ०.६७ प्रतिशतले बढेर ६०४ रुपैयाँ पुगेको छ । त्यस्तै, शिखर इन्स्योरेन्सको ०.६३ प्रतिशतले बढेर ८२५ रुपैयाँ र प्रभु इन्स्योरेन्सको ०.०९ प्रतिशतले बढेर ९९४.५० रुपैयाँ पुगेको छ । 

New Office
CG Motors
Garima Development Bank

यसका साथै आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने एलआइसी नेपाल रहेको छ । कम्पनीको सेयरभाउ १० प्रतिशतले घटेर १३९९ रुपैयाँ ५० पैसा कायम भएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, सुर्यज्योति लाइफको ६.६८ प्रतिशत, नेपाल इन्स्योरेन्सको २.१५ प्रतिशत, एशियन लाइफको २.०१ प्रतिशत, हिमालयन एभरेष्टको १.९२ प्रतिशत, सिटिजन लाइफको १.८७ प्रतिशत, सन नेपाल लाइफको १.५९ प्रतिशत, नेको इन्स्योरेन्सको १.५८ प्रतिशत, सानिमा जिआइसीको १.४३ प्रतिशत, युनाइटेड अजोडको १.३७ प्रतिशत, सिद्धार्थ प्रिमियरको १.३१ प्रतिशत, हिमालयन लाइफको १.२६ प्रतिशत, सगरमाथा लुम्बिनीको १.२५ प्रतिशत, आइएमई लाइफको १.२३ प्रतिशत, सानिमा रिलायन्स लाइफको १.२० प्रतिशत, हिमालयन रि को १.०८ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.९९ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.९८ प्रतिशत, नेपाल लाइफको ०.८७ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.७० प्रतिशत, एनएलजी इन्स्योरेन्सको ०.५४ प्रतिशत र नेपाल रि को ०.४९ प्रतिशतले सेयरभाउ घटेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.