काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ९.२३ अंकले बढेर २७१४.६१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३३२ कम्पनीको १ करोड ९० लाख ७५ हजार ७५६ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ ।
जीवन बीमा समूह ०.०२ प्रतिशत र निर्जीवन बीमा समूह ०.२३ प्रतिशतले बढेको छ । आज १७ बीमा काम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ४.२१ प्रतिशतले बढेर १३६० रुपैयाँ पुगेको छ ।
त्यस्तै, एशियन लाइफको ०.०६ प्रतिशत, सिटिजन लाइफको ०.२९ प्रतिशत, गार्डियन माइक्रो लाइफको ०.९२ प्रतिशत, एलआइसी नेपालको ०.५४ प्रतिशत, नेपाल लाइफको ०.१४ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.०५ प्रतिशत, हिमालयन एभरेष्टको ०.१७ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.४० प्रतिशत, नेको इन्स्योरेन्सको ०.१४ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ३.३९ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.४१ प्रतिशत, आरबीसीएलको ०.६० प्रतिशत, सलिकोको ०.१८ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.४१ प्रतिशत, हिमालयन रि को ०.५६ प्रतिशत र नेपाल रि को ०.०८ प्रतिशतले बढेको छ ।
आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.५७ प्रतिशतले घटेर ६८४.१० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, नेपाल इन्स्योरेन्सको ०.१९ प्रतिशत, सानिमा जिआइसीको ०.८१ प्रतिशत, शिखरको ०.२२ प्रतिशत, युनाइटेड अजोडको ०.४३ प्रतिशत, हिमलायन लाइफको ०.२७ प्रतिशत, आइएमई लाइफको ०.४४ प्रतिशत, नेशनल लाइफको ०.५० प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.२९ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.२१ प्रतिशत, सूर्यज्योति लाइफको ०.६६ प्रतिशत र सन नेपाल लाइफको ०.८८ प्रतिशतले घटेको छ ।

