बिहीबार, बैशाख ३१,२०८३ 07:16:49
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:16:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

१.१८% ले बढ्यो नेप्से, कारोबार ९.२० अर्ब

"लचक मौद्रिक समीक्षा आएमा बजार सजिलै ३००० विन्दूमा पुग्छ र त्यसपछि ठूलो बुल सुरु हुन्छ!"

Laxmi Sunrise Bank Limited
१.१८% ले बढ्यो नेप्से, कारोबार ९.२० अर्ब
Shivam Cement

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.१८ प्रतिशत अर्थात ३०.७५ अंकले बढेर २ हजार ६३१.१४ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९७ प्रतिशतले बढेर ४५७.२२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१९ वटा स्क्रिप्टको २ करोड ९७ लाख ३८ हजार १३९ कित्ता सेयर ९ अर्ब २० करोड ३१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Bizshala
New Office
CG Motors

बजार जानकार दामोदर गजुरेलको भनाईमा आजको बजार बढ्नुको मुख्य कारण राष्ट्र बैंकको बजारमैत्री सर्कुलरको प्रभावले हो । बैंक तथा वित्तीय संस्थालाई सेयरमा लगानी गर्न सहज वातावरणसँगै बैंकहरुमा पर्याप्त तरलता हुनुले बजारलाई सकारात्मक प्रभाव पारेको उनको दाबी छ । "बजारमा सबैजसो सेक्टर बढ्न थालेका छन् । बजार २८५० सयको विन्दुसम्म पुग्ने देखिन्छ ।" उनले आफ्नो अनुमान सुनाउँदै भने -"तर पछिल्लो समय थोरै नाफा खाएर बेच्ने लगानीकर्ता हाबी हुँदा यस्तो प्रवृत्तिले बजारलाई प्रभाव पार्ने देखिन्छ । समग्रमा सेयरबजार बढ्दै जाँदा लगानीकर्ताहरुमा आत्मविश्वास पनि बढ्दै गएको छ । बजार बढ्नका लागि टेक्निकल कुराहरुले पनि सर्पोट गरेको देखिन्छ ।"

अर्का जानकार प्रकाश रजौरेले भने राजनीतिक विषय र सरकारका नकारात्मक कुराहरु साम्य हुँदा बजारले लय समातेको दाबी गरे । आफ्नो विश्लेषण सुनाउँदै उनले भने, "सरकारका नकारात्मक कुरा र राजनीतिक विषयका बजारलाई प्रभाव पार्ने खालका कुराहरु नआएकाले बजार बढ्न थालेको हो । साथै नयाँ सरकार चुनावको तयारीमा लाग्दा यसले बजारलाई समेत सकारात्मक प्रभाव पार्नसक्छ ।" 

उनको भनाईमा नेपाल धितोपत्र बोर्डसमक्ष उठाइएका मुद्दाहरु र बोर्डमा देखिएका बेतिथिहरु कम हुँदै जानु पनि बजारको लागि सकारात्मक पक्ष हो । अब नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत थप लचकता अपनाउने हो भने बजार ३ हजारको विन्दु पुगेर बुलिस यात्रा तय गर्ने उनको अनुमान छ ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा हरियाली छायो । आज फाइनान्स समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज ५.१७ प्रतिशतले बढ्यो ।  

यस्तै आज बैंकिङ समूह ०.२९ प्रतिशत, विकास बैंक ०.९०, होटल १.२०, हाईड्रो १.१८, लगानी ०.८०, जीवन बीमा ४.३५, उत्पादन तथा प्रशोधन ०.९६,लघुवित्त १.३८, म्युचुअल फण्ड ०.१०, निर्जीवन बीमा १.३३ र अन्य समूह १.२३ प्रतिशतले बढ्यो ।  

आज व्यापार समूह मात्रै घट्यो । यो समूहमा आज १.१० प्रतिशतको गिरावट आयो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन बैंकको संस्थापक सेयरको सर्वाधिक सेयर कारोबार भयो । आज हिमालयन बैंकको संस्थापक सेयरको १ अर्ब ६६ करोड बढीको कारोबार भयो । युनियन हाईड्रोपावरको पनि आज ३४ करोड ३० लाख, बुटवल पावरको २५ करोड ४८ लाख, राधी विद्युतको २४ करोड ५० लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको २० करोड ५१ लाख बढीको सेयर कारोबार भयो ।

Garima Development Bank
Shivam Cement
IME remit

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ७ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज सामुदायिक लघुवित्त,गोर्खाज फाइनान्स, पञ्चकन्या माई हाईड्रो, पिपुल्स पावर, तेह्रचुम पावर, गृह्वेश्वरी मर्चेन्ट बैंकिङ र उन्नती सहकार्य लघुवित्तको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ८.०८ प्रतिशत, दोर्दीखोला जलविद्युतको ७.९४ प्रतिशत र क्रेष्ट माईक्रो लाइफको सेयरमूल्य ७.९१ प्रतिशतले बढ्यो ।  

खानी खोला हाईड्रोपावर आज सर्वाधिक सेयरमूल्य गुमाउने कम्पनीको रुपमा रह्यो । यो कम्पनीको सेयरमूल्य आज ४.७६ प्रतिशतले घट्यो ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.