बिहीबार, आश्विन २३,२०८२ 06:05:19
IME remit
  • बिहीबार, आश्विन २३,२०८२ 06:05:19
IME remit
Global IME Bank Limited

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार ५.२७ अर्ब बढी

Hyundai Nepal
नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार ५.२७ अर्ब बढी
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.८८ प्रतिशत अर्थात २२.५९ अंकले बढेर २ हजार ५८२.१८ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.०८ प्रतिशतले बढेर ४५१.३१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१३ वटा स्क्रिप्टको १ करोड १८ लाख ३० हजार ७७ कित्ता सेयर ५ अर्ब २७ करोड ३२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आज कारोबार खुलेको ३ मिनेटमा बजारमा ४ प्रतिशतको वृद्धिका साथ पोजेटिभ सर्किट लागेको थियो । २० मिनेटपछि खुलेको बजारमा भने खासै आकर्षण देखिएन ।  

आजको बजारबारे विश्लेषण गर्दै बजार जानकार अजय सिंह थापाले आजको बजारमा ४ प्रतिशतको बढोत्तरी गरेर खेलाडीले माहोल बिगारेको आरोप लगाए । थापाले राष्ट्रबैंकको नीतिले मात्रै सेयर बजार नघटेको र हिजोको परिमार्जित नीतिले पनि बजार नबढ्ने ठोकूवा गरे । ‘यही परिमार्जित नीतिले बजार बुल जाँदैन । बजार बढ्नलाई नेपालको अर्थतन्त्रमा नै सुधार आउनु पर्छ । आन्दोलन र बाढी पहिरोले बैंक तथा वित्तिय संस्थाको खराब कर्जा झनै बढ्ने देखिन्छ । आइएमएफ र विश्व बैंकले पनि नेपालको आथिैक बृद्धि दर आधा हुने भनेका छन्,’ उनले भने ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

अबको बजारको दिशा राजनीतिक परिघट्नाले नै निधारण गर्ने समेत उनले बताए । उनले थपे, ‘यदि समयमा चुनाव भएर जनताले रुचाएको व्यक्ति सत्तामा आए बजारमा पनि सुधार आँउछ । होइन भने बजारको अबस्था अनिश्चित देखिन्छ ।’ थापाले बजारमा केही अगुवा नेताहरुले सर्वसाधरण लगानीकर्ताहरुलाई सेयर बजारको विषयमा यथार्थ नभनेर भ्रम छरेको पनि आरोप लगाए ।

त्यसैगरि, अर्का बजार जानकार देव गुरागाँइले पनि आजको बजारले राष्ट  बैंकको नीतिलाई स्वागत नगरेको बताए । गुरागाँइले देशमा अनिश्चिता बढ्दै गए पछि लगानीकर्ताहरुले लगानी डाइभर्ट गरेर  सुन तथा नगदमा नै जोड दिएको हुनसक्ने आँकनलन गरे । उनले पनि अबको बजारको दिशा भनेको आगामी राजनीतिक परिदृष्यले नै निर्धारण गर्ने बताए ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा हरियाली छायो । आज लगानी समूह सर्वाधिक अर्थात १.६१ प्रतिशतले बढ्यो ।  

यस्तै बैंकिङ समूह पनि आज १.०७ प्रतिशत, विकास बैंक १.०८, फाइनान्स १.२३, होटल ०.९२, हाईड्रो ०.९५, जीवन बीमा १.३०, उत्पादन तथा प्रशोधन १.०३, लघुवित्त ०.९५, म्यचुअल फण्ड ०.१७,निर्जीवन बीमा ०.९३ र अन्य समूह ०.२३ प्रतिशतले बढ्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन शिवम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २७ करोड ३४ लाख बढीको कारोबार भयो । युनियन हाईड्रोपावरको पनि आज २७ करोड १२ लाख, हिमालयन रि इन्स्योरेन्सको २० करोड ९३ लाख, नेपाल पुनर्बीमा कम्पनीको २० करोड ७ लाख र हिमालयन डिष्ट्रिलरीको १६ करोड ७१ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । आज बिन्ध्यवासिनी हाईड्रोपावरको सेयरमूल्य सर्वाधिक अर्थात ८.२१ प्रतिशतले बढ्यो । एशियन हाईड्रोको सेयरमूल्य पनि आज ५.५४ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ४.१५ र सिन्धु विकास बैंकको सेयरमूल्य ३.९८ प्रतिशतले बढ्यो ।  

थ्रिस्टार हाईड्रोको सेयरमूल्य आज सर्वाधिक अर्थात ९.०९ प्रतिशतले घट्यो । यो दिन भूगोल इनर्जीको सेयरमूल्य पनि ५.४३ प्रतिशत र आत्मनिर्भर लघुवित्तको सेयरमूल्य ३.३७ प्रतिशतले घट्यो ।  

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.