सोमबार, श्रावण १८,२०८३ 11:54:44
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:54:44
Bizshala
Global IME Bank Limited

सूचक र कारोबार दुवैमा सुधार, विकास बैंक समूहमा चमक

सूचक र कारोबार दुवैमा सुधार, विकास बैंक समूहमा चमक
New Office

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.५४ प्रतिशत अर्थात १४.११ अंकले बढेर २ हजार ६२६.३१ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५७ प्रतिशतले बढेर ४४९.१५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा स्क्रिप्टको १ करोड २७ लाख ४६ हजार ४१० कित्ता सेयर ५ अर्ब २० करोड २२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको कारोबार अघिल्लो दिनको ४ अर्ब ४३ करोडको तुलनामा बढी हो ।  

आजको बजारबारे सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यष तारा फुल्लेलले  भन्छन्,  ‘ लगानीकर्ताको मनोबल बढ्न नसक्दा केही समयदेखि सेयर बजार बढ्न सकिरहेको छैन । यसका लागि धितोपत्र बोर्डले बजार सुधारका कार्यक्रमहरु ल्याउन आवश्यक छ । नीतिगत सहजताका लागि राष्ट्र बैंकसँग समन्वय गर्न पनि आवश्यक देखिन्छ ।’  

नयाँ स्टक एक्सचेञ्ज आउँदै गरेको र कर्जाको उपलब्धता जस्ता सकारात्मक विषय गर्दा लगानीकर्ता डराउनु पर्ने अवस्था भने नरहेको उनले बताए ।  

अर्का कजार जानकार दामोदर गजुरेलले बजार ३ महिनादेखि साइडवेजमा चलेको बताए । ‘कम्पनीहरुको लाभांश सन्तोषजनक नै रहेको देखिन्छ । यद्यपी लगानीकर्ताले अपेक्षा गरेबमोजिम नआउँद भने अहिले नै ठूलो र्यालीको सम्भावना देखिदैन । प्राविधिक रुपमा केही दिनदेखि बढेको बजार २६८० विन्दुमाथि रहेको खण्डमा बजारले पुनः अप ट्रेण्ड लिन सक्छ,’ उनले भने ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज विकास बैंक समूहमा सर्वाधिक बढ्यो । यो समूह आज १.७५ प्रतिशतले बढेर ५ हजार ५०३ विन्दुमा पुग्यो ।  

यस्तै आज बैंकिङ समूह ०.७६ प्रतिशत, विकास बैंक १.७५,वित्त १.६२,होटल ०.९४,हाईड्रो ०.७१,लगानी ०.९६,जीवन बीमा ०.२८,लघुवित्त ०.९५,म्युचुअल फण्ड ०.११,निर्जीवन बीमा ०.५६ र अन्य समूह ०.४९ प्रतिशतले बढ्यो ।  

उत्पादन तथा प्रशोधन समूह र व्यापार समूह आज क्रमशः २.३२ प्रतिशत र ०.४५ प्रतिशतले घटे ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन जानकी फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १४ करोड ३१ लाख बढीको कारोबार भयो । जोशी हाईड्रोपावर कम्पनीको आज १३ करोड ६४ लाख,नेपाल फाइनान्सको ८ करोड ८२ लाख,सप्तकोशी डेभलपमेन्ट बैंकको ८ करोड ९ लाख र न्यादी हाईड्रोको ७ करोड ९० लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज गुँरास लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले बढ्यो । आत्मनिर्भर लघुवित्तको सेयरमूल्य पनि आज ९.२३ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको ९.२३ प्रतिशत,न्यादी हाईड्रोको ८.३५ र गुडविल फाइनान्सको सेयरमूल्य ६.३६ प्रतिशतले बढ्यो ।  

यो दिन सपोर्ट माइक्रोफाइनान्सको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले ओरालो लाग्यो । जानकी फाइनान्सको सेयरमूल्य पनि आज ८ प्रतिशत र युनिलिभर नेपालको ७.२३ प्रतिशतले घट्यो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.