सोमबार, श्रावण १८,२०८३ 11:52:00
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:52:00
Bizshala
Global IME Bank Limited

कारोबारसँगै सूचक पनि बढ्यो, जानकार भन्छन्, ‘स्मार्ट मनिको इन्ट्री सुरु’

कारोबारसँगै सूचक पनि बढ्यो, जानकार भन्छन्, ‘स्मार्ट मनिको इन्ट्री सुरु’
New Office

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.८० प्रतिशत अर्थात २२.१४ अंकले बढेर २ हजार ७६०.२१ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७४ प्रतिशतले बढेर ४९०.७२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०२ वटा स्क्रिप्टको २ करोड ४५ लाख ५७ हजार १५३ कित्ता सेयर ११ अर्ब ३१ करोड ५२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको कारोबार अघिल्लो दिनको तुलनामा बढी हो । अघिल्लो दिन ९ अर्ब ७७ करुोड बढीको कारोबार भएको थियो ।  

आजको बजारबारे बजार जानकार अजयसिंह थाप(जयशम्भु) भन्छन्,  ‘बजार आज इन्ट्रा डे करेक्सन हुँदै सकारात्मक नै बनेको छ । कारोबारसँगै आज सूचक पनि बढेको छ । ब्याजदर फेरि पनि घट्ने अवस्थामै देखिन्छ । अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई हम्मे हम्मे परेको छ ।’

यही कारण अर्थतन्त्र चलायमान बनाउने गरि मौद्रिक नीतिको समीक्षा आउन सक्ने थापाले बताए । उनका अनुसार प्राविधिक रुपमा पनि बजार अपट्रेण्डमै रहेको छ ।  

अर्का बजार जानकार दामोदर गजुरेलका अनुसार आज सस्तोमा सेयर किनेकाले नाफा बुक गरेका छन् । यद्यपी ११ अर्बको कारोबार हुुनुले बजानरमा स्मार्ट मनिको प्रवेश भएको संकेत गरेको. देखिने गजुरेलले बताए । ‘आगामाी दिनमा सेक्टर परिवर्तन भएर कारोबार पनि बढेमा बजारले माथिकै यात्रा तय गर्ने छ,’ उनले भने ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज लघुवित्त समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज ३.२० प्रतिशतले बढेर ५ हजार १९८.१९ विन्दुमा पुग्यो ।  

यस्तै आज बैंकिङ समूह १.०४ प्रतिशत, लगानी १.२८, जीवन बीमा १.६६,उत्पादन तथा प्रशोधन ०.०१,म्युचुअल फण्ड ०.१५,अन्य ०.२१ र व्यापार समूह ०.७३ प्रतिशतले बढ्यो ।  

आज विकास बैंक समूह ०.१० प्रतिशत,वित्त ०.३०,हाईड्रो ०.०५ र निर्जीवन बीमा समूह ०.२२ प्रतिशतले घट्यो । होटल समूह पनि आज ०.६३ अंकले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन साहस उर्जाको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३८ करोड १७ लाख बढीको कारोबार भयो । यस्तै हिमालयन रि इन्स्योरेन्सको आज २६ करोड १५ लाख,अरुण भ्याली हाईड्रोको २५ करोड १० लाख र सानिमा माई हाईड्रोको २२ करोड ७६ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका १० वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज सपोर्ट लघुवित्त,सामूदायिक लघुवित्त,गुराँस लघुवित्त,मानुषी लघुवित्त,श्रृजनशिल लघुवित्त,माछापुच्छ्रे बैंक,कुथेली बुखरी स्मल हाईड्रो,सिवाईसी नेपाल लघुवित्त,गुडविल फाइनान्स र नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यो दिन इष्टर्न हाईड्रोपावरको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । समृद्धि फाइनान्सको सेयरमूल्य पनि आज ९.७१ प्रतिशत,सानिमा जीआईसीको ४.१३ र दिब्यश्वरी हाईड्रोपावरको सेयरमूल्य ३.९९ प्रतिशतले घट्यो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.