आईतवार, असार १५,२०८२ 09:20:54
  • आईतवार, असार १५,२०८२ 09:20:54
Global IME Bank Limited

कारोबारसँगै सूचक पनि बढ्यो, जानकार भन्छन्, ‘स्मार्ट मनिको इन्ट्री सुरु’

Hyundai Nepal
कारोबारसँगै सूचक पनि बढ्यो, जानकार भन्छन्, ‘स्मार्ट मनिको इन्ट्री सुरु’
Nabil Bank Limited

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.८० प्रतिशत अर्थात २२.१४ अंकले बढेर २ हजार ७६०.२१ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७४ प्रतिशतले बढेर ४९०.७२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०२ वटा स्क्रिप्टको २ करोड ४५ लाख ५७ हजार १५३ कित्ता सेयर ११ अर्ब ३१ करोड ५२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको कारोबार अघिल्लो दिनको तुलनामा बढी हो । अघिल्लो दिन ९ अर्ब ७७ करुोड बढीको कारोबार भएको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

आजको बजारबारे बजार जानकार अजयसिंह थाप(जयशम्भु) भन्छन्,  ‘बजार आज इन्ट्रा डे करेक्सन हुँदै सकारात्मक नै बनेको छ । कारोबारसँगै आज सूचक पनि बढेको छ । ब्याजदर फेरि पनि घट्ने अवस्थामै देखिन्छ । अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई हम्मे हम्मे परेको छ ।’

यही कारण अर्थतन्त्र चलायमान बनाउने गरि मौद्रिक नीतिको समीक्षा आउन सक्ने थापाले बताए । उनका अनुसार प्राविधिक रुपमा पनि बजार अपट्रेण्डमै रहेको छ ।  

अर्का बजार जानकार दामोदर गजुरेलका अनुसार आज सस्तोमा सेयर किनेकाले नाफा बुक गरेका छन् । यद्यपी ११ अर्बको कारोबार हुुनुले बजानरमा स्मार्ट मनिको प्रवेश भएको संकेत गरेको. देखिने गजुरेलले बताए । ‘आगामाी दिनमा सेक्टर परिवर्तन भएर कारोबार पनि बढेमा बजारले माथिकै यात्रा तय गर्ने छ,’ उनले भने ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज लघुवित्त समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज ३.२० प्रतिशतले बढेर ५ हजार १९८.१९ विन्दुमा पुग्यो ।  

यस्तै आज बैंकिङ समूह १.०४ प्रतिशत, लगानी १.२८, जीवन बीमा १.६६,उत्पादन तथा प्रशोधन ०.०१,म्युचुअल फण्ड ०.१५,अन्य ०.२१ र व्यापार समूह ०.७३ प्रतिशतले बढ्यो ।  

आज विकास बैंक समूह ०.१० प्रतिशत,वित्त ०.३०,हाईड्रो ०.०५ र निर्जीवन बीमा समूह ०.२२ प्रतिशतले घट्यो । होटल समूह पनि आज ०.६३ अंकले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन साहस उर्जाको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३८ करोड १७ लाख बढीको कारोबार भयो । यस्तै हिमालयन रि इन्स्योरेन्सको आज २६ करोड १५ लाख,अरुण भ्याली हाईड्रोको २५ करोड १० लाख र सानिमा माई हाईड्रोको २२ करोड ७६ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका १० वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज सपोर्ट लघुवित्त,सामूदायिक लघुवित्त,गुराँस लघुवित्त,मानुषी लघुवित्त,श्रृजनशिल लघुवित्त,माछापुच्छ्रे बैंक,कुथेली बुखरी स्मल हाईड्रो,सिवाईसी नेपाल लघुवित्त,गुडविल फाइनान्स र नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यो दिन इष्टर्न हाईड्रोपावरको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । समृद्धि फाइनान्सको सेयरमूल्य पनि आज ९.७१ प्रतिशत,सानिमा जीआईसीको ४.१३ र दिब्यश्वरी हाईड्रोपावरको सेयरमूल्य ३.९९ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.