सोमबार, कार्तिक २,२०८३ 04:35:43
  • सोमबार, कार्तिक २,२०८३ 04:35:43
Global IME Bank Limited

नेप्सेमा झिनो वृद्धि, जानकार भन्छन्, ‘बजेटपछि बजारले गति लिन्छ’

Bizshala
नेप्सेमा झिनो वृद्धि, जानकार भन्छन्, ‘बजेटपछि बजारले गति लिन्छ’
New Office

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा झिनो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक ०.०३ प्रतिशत अर्थात ०.८५ अंकले बढेर २ हजार ६७७.३० विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१९ प्रतिशतले बढेर ४५६.९६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१८ वटा स्क्रिप्टको १ करोड ४२ लाख ९९ हजार ३९४ कित्ता सेयर ६ अर्ब ५२ करोड ७८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल भन्छन्,‘हिजोआज करको विषयले गर्दा लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् । बजेटअघिसम्म बजार यस्तै पनि रहन सक्छ । यद्यपी सोमबार बाट सबै कुरा प्रष्ट भएपछि भने बजारले फेरि गति लिन सक्छ ।’

अर्का बजार जानकार सुमन कुमार रिजालले पनि जेठ १५ गतेको आन्दोलन, पूँजीगत लाभकर बढ्ने अफवाह जस्ता विषयका कारण बजारले गति लिन नसकेको बताए ।  

बजेपछि भने बजारले गति लिनेमा रिजाल पनि ढुक्क देखिए ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ७ वटामा हरियाली छायो भने ६ वटामा रातो पोतियो । विकास बैंक समूहमा आज सर्वाधिक चमक देखियो । यो समूह आज १.७६ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज ०.५० प्रतिशत, होटल ०.०३, हाईड्रो ०.२६,उत्पादन तथा प्रशोधन ०.१८,म्युचुअल फण्ड ०.२५ र व्यापार समूह ०.९६ प्रतिशतले बढ्यो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन युनिभर्सल पावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ६३ करोड ५८ लाख बढीको कारोबार भयो । यस्तै राधी विद्युत कम्पनीको ४७ करोड ३६ लाख, ङादी ग्रुप पावरको ४२ करोड १९ लाख र सानिमा माई हाईड्रोको २६ करोड ४३ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ५ वटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज कर्पोरेट डेभलपमेन्ट बैंक, ओम मेगाश्री फर्मास्युटिकल्स,ग्रिन डेभलपमेन्ट बैंक,भूगोल इनर्जी र पियोर इनर्जीको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

अपर हेवाखोला हाईड्रोको सेयरमूल्य पनि आज ९.१५ प्रतिशत,बुटवल पावर कम्पनीको ८.६१ र युनिभर्सल पावरको सेयरमूल्य ७.११ प्रतिशतले बढ्यो ।  

गुराँल लघुवित्तको सेयरमूल्य आज सर्वाधिक अर्थात ८.०१ प्रतिशतले खस्कियो । उपकार लघुवित्तको सेयरमूल्य पनि ६.३७ प्रतिशत, जनउत्थान लघुवित्तको ३.३१ र रिभर फल्स पावरको ३.१४ प्रतिशतले घट्यो ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.