सोमबार, कार्तिक २,२०८३ 04:29:55
  • सोमबार, कार्तिक २,२०८३ 04:29:55
Global IME Bank Limited

नेप्सेमा उच्च अंकको सुधार, जानकार भन्छन्, ‘घट्न रोकिएको संकेत’

Bizshala
नेप्सेमा उच्च अंकको सुधार, जानकार भन्छन्, ‘घट्न रोकिएको संकेत’
New Office

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक १.९९ प्रतिशत अर्थात ४९.१८ अंकले बढेर २ हजार ५१९.५७ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.७८ प्रतिशतले बढेर ४५२.८० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२७ वटा स्क्रिप्टको १ करोड २४ लाख ९८ हजार ९८९ कित्ता सेयर ४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आजको बजारबारे बजार जानकार सुवासचन्द्र ढुंगाना भन्छन्,  ‘आजको बढोत्तरीले बजार करिब–करिब घट्न रोकिएको जस्तो देखिएको छ । तर यसको निश्चिनताका लागि भने अझै केही कारोबार पर्खनु पर्ने हुन्छ । ’

आज बजार बढेता पनि भोल्युम भने बढ्न नसकेको उनले बताए । ‘यदि १० दिनको कारोबारको औषत भोल्युम ६ अर्बभन्दा माथि आएमा बजारले अप ट्रेण्ड लिएको मान्न सकिन्छ । आजबाट बजारले एउटा सिग्नल भने दिएको छ,’ उनले भने ।  

आधारभूतमा रुपमा भने अल्पकालिन करेक्सन मात्रै रहेको उनी बताउछन् ।  

अर्का बजार जानकार उपेन्द्र पाठकले पछिल्लो समय बजार घट्नु नै आश्चर्य पार्ने खालको भएको बताए । पाठक भन्छन्, ‘अहिलेको ब्याजदर र सेयरको मूल्य हेर्ने हो भने, सेयर निकै सस्तो देखिएको छ । फाइनान्स समूहका केही खेलाडी र ब्रोकरबीचको विवादका कारण बजारमा गिरावट आएको थियो ।’

आज पैसा हुनेले मात्रै सेयर खरिद गरेका कारण ५ अर्ब भन्दा तल भोल्युम आएको उनले बताए ।      

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये म्युचुअल फण्ड बाहेक अन्य सबैमा हरियाली छायो । आज फाइनान्स समूह सर्वाधिक बढेको छ । फाइनान्स समूह ३.८० प्रतिशतले बढेको छ ।  

बैंकिङ समूह आज १.८० प्रतिशत, विकास बैंक,२.७५,होटल ३.५०,हाईड्रो २.६०,लगानी १.५६,जीवन बीमा १.९१,उत्पादन तथा प्रशोधन १.४४,लघुवित्त १.४९,निर्जीवन बीमा १.६७,अन्य १.७५ र व्यापार समूह १.७८ प्रतिशतले बढ्यो ।  

म्युचुअल फण्ड मात्रै आज ०.०१ प्रतिशतले घट्यो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन ङादी ग्रुप पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । यो कम्पनीको आज १५ करोड ६१ लाख बढीको सेयर कारोबार भएको छ । अरण भ्याली हाईड्रको आज १३ करोड ५४ लाख, सिईडिबि हाईड्रोको १३ करोड ७ लाख,हिमालयन रि इन्स्योरेन्सको १२ करोड ७१ लाख र अपि पावरको १२ करोड ३४ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ६ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज विन नेपाल लघुवित्त,न्यादी हाईड्रोपावर,युनिक नेपाल लघुवित्त,सगरमाथा जलविद्युत,थ्रिस्टार हाईड्रो र माथिल्लो मैलुङ खोला जलविद्युतको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै आज कुथेली बुखरी स्मल हाईड्रोको सेयरमुल्य ८.३९ प्रतिशत,आत्मनिर्भर लघुवित्तको ८ प्रतिशत र सिनर्जी पावरको सेयरमूल्य ७.७८ प्रतिशतले बढ्यो ।  

यो दिन हिमालयन हाईड्रोपावरको सेयरमूल्य सर्वाधिक अर्थात ६.३६ प्रतिशतले घट्यो ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.