सोमबार, श्रावण १८,२०८३ 11:44:33
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:44:33
Bizshala
Global IME Bank Limited

नेप्सेको वृद्धि आजपनि जारी, फाइनान्स समूहमा चमक

नेप्सेको वृद्धि आजपनि जारी, फाइनान्स समूहमा चमक
New Office

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.९४ प्रतिशत अर्थात २५.०७ अंकले बढेर २ हजार ६७८.१७ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.११ प्रतिशतले बढेर ४५६.७७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा स्क्रिप्टको २ करोड ३६ लाख ९७ हजार १४५ कित्ता सेयर १० अर्ब १६ करोड ९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे भन्छन्,  ‘बजारलाई प्रभावित पार्ने खालका सबै फण्डाहरु सकिए जस्तो छ । मौद्रिक नीति पनि थप लचक हुने अपेक्षा गरिएको छ । यस्तोमा सेयर बजार बढ्नु स्वभाविक नै हो ।’

उनले यो बेला सेयर बजार बढ्ने समय भएको समेत बताए । ‘यही कारण लगानीकर्ताको मनोबल बढ्दा आज १० अर्ब बढीको कारोबार आएको छ,’ उनले भने ।  

अर्का बजार जानकार निमानन्द कंडेलले लामो समय घटेको बजारमा सुधार आउन लागेको बताए । उनले गभर्नरले सकारात्मक अभिव्यक्ति दिईरहेकाले अब आउने मौद्रिक नीति बजारमैत्री आउन सक्ने सम्भावनालाई औल्याए ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । फाइनान्स समूह आज सर्वाधिक अर्थात ५.१२ प्रतिशतले बढ्यो ।  

यस्तै बैंकिङ समूह १.११ प्रतिशत, विकास बैंक ०.८१, होटल १.६४, हाईड्रो ०.५१,लगानी ०.७२, जीवन बीमा १.०१, उत्पादन तथा प्रशोधन ०.३०,लघुवित्त ०.६४, म्युचुअल फण्ड ०.२७, निर्जीवन बीमा १.३४ र अन्य समूह १.२५ प्रतिशतले बढ्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एचआईडीसीएलपीको सर्वाधिक सेयर कारोबार भयो । एचआईडीसीएलपीको आज ५८ करोड ४९ लाख बढीको सेयर कारोबार भयो । अरुण काबेली पावरको पनि आज ५३ करोड १३ लाख, राधी विद्युतको ४६ करोड ५६ लाख, सानिमा माई हाईड्रोको ४४ करोड ६९ लाख र ङादी ग्रुप पावरको ४२ करोड ५८ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । पियोर इनजीै र श्री इन्भेष्टमेन्टको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

समृद्धि फाइनान्सको सेयरमूल्य पनि आज ७.८५ प्रतिशत, जानकी फाइनान्सको ६.९४ र रिलायन्स फाइनान्सको सेयरमूल्य ६.७९ प्रतिशतले बढ्यो ।  

राँवा इनर्जीको सेयरमूल्य आज सर्वाधिक अर्थात ६.२० प्रतिशतले घट्यो । ओम मेगाश्री र नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि आज क्रमशः ४.०७ र ३.८३ प्रतिशतले ओरालो लाग्यो । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.