आईतवार, असार १५,२०८२ 09:06:15
  • आईतवार, असार १५,२०८२ 09:06:15
Global IME Bank Limited

नेप्सेको वृद्धि आजपनि जारी, फाइनान्स समूहमा चमक

Hyundai Nepal
नेप्सेको वृद्धि आजपनि जारी, फाइनान्स समूहमा चमक
Nabil Bank Limited

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.९४ प्रतिशत अर्थात २५.०७ अंकले बढेर २ हजार ६७८.१७ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.११ प्रतिशतले बढेर ४५६.७७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा स्क्रिप्टको २ करोड ३६ लाख ९७ हजार १४५ कित्ता सेयर १० अर्ब १६ करोड ९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

CG Motors
Muktinath Bikas Bank Limited

आजको बजारबारे नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे भन्छन्,  ‘बजारलाई प्रभावित पार्ने खालका सबै फण्डाहरु सकिए जस्तो छ । मौद्रिक नीति पनि थप लचक हुने अपेक्षा गरिएको छ । यस्तोमा सेयर बजार बढ्नु स्वभाविक नै हो ।’

उनले यो बेला सेयर बजार बढ्ने समय भएको समेत बताए । ‘यही कारण लगानीकर्ताको मनोबल बढ्दा आज १० अर्ब बढीको कारोबार आएको छ,’ उनले भने ।  

अर्का बजार जानकार निमानन्द कंडेलले लामो समय घटेको बजारमा सुधार आउन लागेको बताए । उनले गभर्नरले सकारात्मक अभिव्यक्ति दिईरहेकाले अब आउने मौद्रिक नीति बजारमैत्री आउन सक्ने सम्भावनालाई औल्याए ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । फाइनान्स समूह आज सर्वाधिक अर्थात ५.१२ प्रतिशतले बढ्यो ।  

यस्तै बैंकिङ समूह १.११ प्रतिशत, विकास बैंक ०.८१, होटल १.६४, हाईड्रो ०.५१,लगानी ०.७२, जीवन बीमा १.०१, उत्पादन तथा प्रशोधन ०.३०,लघुवित्त ०.६४, म्युचुअल फण्ड ०.२७, निर्जीवन बीमा १.३४ र अन्य समूह १.२५ प्रतिशतले बढ्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एचआईडीसीएलपीको सर्वाधिक सेयर कारोबार भयो । एचआईडीसीएलपीको आज ५८ करोड ४९ लाख बढीको सेयर कारोबार भयो । अरुण काबेली पावरको पनि आज ५३ करोड १३ लाख, राधी विद्युतको ४६ करोड ५६ लाख, सानिमा माई हाईड्रोको ४४ करोड ६९ लाख र ङादी ग्रुप पावरको ४२ करोड ५८ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । पियोर इनजीै र श्री इन्भेष्टमेन्टको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

समृद्धि फाइनान्सको सेयरमूल्य पनि आज ७.८५ प्रतिशत, जानकी फाइनान्सको ६.९४ र रिलायन्स फाइनान्सको सेयरमूल्य ६.७९ प्रतिशतले बढ्यो ।  

राँवा इनर्जीको सेयरमूल्य आज सर्वाधिक अर्थात ६.२० प्रतिशतले घट्यो । ओम मेगाश्री र नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि आज क्रमशः ४.०७ र ३.८३ प्रतिशतले ओरालो लाग्यो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.