आईतवार, असार १५,२०८२ 09:44:13
  • आईतवार, असार १५,२०८२ 09:44:13
Global IME Bank Limited

नेप्सेमा सामान्य सुधार, जानकार भन्छन्,‘बैंकहरुको रिपोर्ट अपेक्षा गरेजस्तो नराम्रो आएन’

Hyundai Nepal
नेप्सेमा सामान्य सुधार, जानकार भन्छन्,‘बैंकहरुको रिपोर्ट अपेक्षा गरेजस्तो नराम्रो आएन’
Nabil Bank Limited

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च९नेप्से) मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक ०.२६ प्रतिशत अर्थात ६.७८ अंकले बढेर २ हजार ६०७.९९ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०२ प्रतिशतले बढेर ४३९.१४ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा स्क्रिप्टको १ करोड ३६ लाख ७७ हजार ९८३ कित्ता सेयर ६ अर्ब ५७ करोड ४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

CG Motors
Muktinath Bikas Bank Limited

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्,  ‘बैंकहरुको रिपोर्ट लगानीकर्ताले अपेक्षा गरेभन्दा नराम्रो आएन । जसका कारण आज बजारमा सामान्य अंकको सुधार देखिएको छ । यद्यपी बजारमा अझैपनि करेक्सन फेज बाँकी नै रहेको छ । बजारमा करेक्सन आएर २५ सयको बटम जोनमा बजार आउन सक्छ ।’

उनले एक दुई सातापछि बजारले गति लिने दाबी गरे ।  

अर्का बजार जानकार राजन लम्सालले पनि बैंकहरुको रिपोर्ट अपेक्षा गरेजस्तो नराम्रो नआएको बताए । ‘एक दुईवटा बैंकबाहेक अन्य बैंकको वित्तीय अवस्था सन्तोषजनक नै देखिएको छ । अन्य कम्पनीहरु जस्तै हाई«डोको रिपोर्ट आएपछि बजारले आफ्नो दिशा तय गर्नेछ, ’ उनले भने ।  

यस्तै लम्सालले हाल बजारमा डराईहाल्नु पर्ने अवस्था नरहेको र बिस्तारै बजारले लय समात्ने बताए ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज अन्य समूह सर्वाधिक बढ्यो । यो समूह आज २.१३ प्रतिशतले बढेर १ हजार ९५१ विन्दुमा पुग्यो ।  

यस्तै आज होटल समूह ०.१२ प्रतिशत,लगानी ०.६०,जीवन बीमा ०.०४,उत्पादन तथा प्रशोधन १.६८,म्युचुअल फण्ड ०.०९,निर्जीवन बीमा ०.२३ र व्यापार समूह १.०६ प्रतिशतले बढ्यो ।

फाइनान्स समूह आज सर्वाधिक घट्यो । यो समूह २.५३ प्रतिशतले घट्यो । बैंकिङ समूह ०.२० प्रतिशत,विकास बैंक ०.६०,हाईड्रो ०.०२ र लघुवित्त ०.०४ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन रिभर फल्स पावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २४ करोड १ लाख बढीको कारोबार भयो । हिमालयन पावर पार्टनरको आज १८ करोड २० लाख,एनआरएन इन्फ्रास्ट्रक्चरको १६ करोड ३४ लाख र नेपाल रि इन्स्योरेन्सको १५ करोड ५० लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन। आज मानुषी लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ९.०५ प्रतिशतले बढ्यो । रिभर फल्स पावरको सेयरमूल्य पनि आज ७.७० प्रतिशत,दोल्ती पावरको ७.४७ र मध्यभोटेकोशी जलविद्युतको सेयरमूल्य ५.८४ प्रतिशतले बढ्यो ।  

यस्तै आज विन नेपाल लघुवित्त र सुपर मादी हाईड्रोको सेयरमूल्य आज सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । भूगोल इनजीैको सेयरमूल्य पनि आज ९.९९ प्रतिशत र नेपाल फाइनान्सको सेयरमूल्य ७.१५ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.