काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २२.१४ अंकले घटेर २१०९.३४ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१५ कम्पनीको १ करोड १० लाख ४४ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४४ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसूचक मात्रै बृद्धि भएका छन् भने बाँकी सबै उपसूचक राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.८० प्रतिशत र निर्जीवन बीमा समूह १.०१ प्रतिशतले घटेको छ । बीमा समूह घट्दा आज दुई निर्जीबन बीमा कम्पनीको मात्रै सेयरमूल्य बढेको छ । नेको इन्स्योरेन्सको ०.३८ प्रतिशतले बढेर ८०१ रुपैयाँ र सानिमा जिआइसी इन्स्योरेन्सको ०.२९ प्रतिशतले बढेर ५५१.९० रुपैयाँ पुगेको छ ।
आज सर्वाधिक गुमाउने तथा सेयरभाउ घट्ने बीमा कम्पनीमा युनाइटेड अजोड इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ३.६२ प्रतिशतले घटेर ५८१.२० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको २.३७ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको १.८५ प्रतिशत, सिद्धार्थ प्रिमियरको १.८३ प्रतिशत, सलिकोको १.८२ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको १.४७ प्रतिशत, नेशनल लाइफको १.४५ प्रतिशत, आइएमई लाइफको १.४१ प्रतिशत, हिमालयन लाइफको १.३१ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १.२७ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.१९ प्रतिशत, सुर्यज्योति लाइफको १.१७ प्रतिशत, रिलायबल नेपाल लाइफको १.०४ प्रतिशत, एशियन लाइफको ०.९५ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.९३ प्रतिशत, नेपाल लाइफको ०.८२ प्रतिशत, एलआइसी नेपालको ०.३९ प्रतिशत, सिटिजन लाइफको ०.३१ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.२८ प्रतिशत, एनएलजीको ०.२६ प्रतिशत, आरबीसीएलको ०.२२ प्रतिशत, सन नेपाल लाइफको ०.०६ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.०२ प्रतिशतले सेयरभाउ घटेको छ ।
आज सर्वाधिक कारोबार आइएमई लाइफ इन्स्योरेन्सको भएको छ । कम्पनीको आज एकैदिन १५ करोड ६६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                         
                                        (259).jpg) 
                                        (220).jpg) 
                                        (235).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                