आईतवार, असार १५,२०८२ 09:14:42
  • आईतवार, असार १५,२०८२ 09:14:42
Global IME Bank Limited

झिनो अंकले घट्यो नेप्से,जानकार भन्छन्,‘बजारले आगामी साताबाट गति लिन्छ’

Hyundai Nepal
झिनो अंकले घट्यो नेप्से,जानकार भन्छन्,‘बजारले आगामी साताबाट गति लिन्छ’
Nabil Bank Limited

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.०९ प्रतिशत अर्थात १.९३ अंकले घटेर २०७७.७८ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३४ प्रतिशतले घटेर ३७०.३४ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा कम्पनीको ८८ लाख १३ हजार ३७४ कित्ता सेयर ४ अर्ब ३८ करोड ८२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल भन्छन्, ‘बजार १८ सय विन्दुबाट बढेर माथि गएकाले अहिले बजारमा नाफा बुक भईरहेको छ । बजारले कुनै पनि बेला फेरी नयाँ फड्को मार्न सक्छ । अहिले नियमित रुपमा ४ अर्ब माथिको कारोबार हुनुलाई सकारात्मक रुपमा लिन सकिन्छ ।’

यद्यपी लगानीकर्ताका  माग सम्बोधन हुन नसक्नु र धितोपत्र बोर्डको अध्यक्ष नियुक्त हुन नसक्नु भने पूँजी बजारका लागि अहितकारी भएको ढकाले बताए ।  

अर्का बजार जानकार विरेन्द्र विष्ट पनि यो साता बजार  घट्न रोकिएको र आउने साताबाट बजारले पुनः गति लिने बताउँछन् । ‘तरलता सहज बनेसँगै कारोबार वृद्धि भएको छ । राष्ट्र बैंकले पनि लचिलो मौद्रिक नीति ल्याउने संकेत गरेको छ । यी सबै कारणले आगामी साताबाट बजरले गति लिने देखिन्छ ।’    

CG Motors
Muktinath Bikas Bank Limited

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा समूह हरियाली छाएको छ भने ८ वटा समूहमा रातो पोतियो । आज व्यापार समूहमा सबैभन्दा धेरै वृद्धि देखियो । व्यापार समूह आज १.९६ प्रतिशतले बढ्यो । यो दिन होटल समूह ०.११ प्रतिशत, हाईड्रो ०.८२,लगानी ०.४८ र लघुवित्त समूह ०.४८ प्रतिशतले बढ्यो ।  

आज वित्त समूहमा सबैभन्दा धेरै गिरावट देखियो । यो समूह आज २.०८ प्रतिशतले ओरालो लाग्यो । साथै, बैंकिङ समूह ०.६९ प्रतिशत, विकास बैंक ०.६०,जीवन बीमा ०.२४,उत्पादन तथा प्रशोधन ०.६४,म्युचुअल फण्ड ०.२९,निर्जीवन बीमा ०.३७ र अन्य समूह ०.१६ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १८ करोड ६८ लाख बढीको सेयर कारोबार भयो ।  

यस्तै सिईडिबि हाईड्रोको सेयरमूल्य १४ करोड ४५ लाख,पोखरा फाइनान्सको १४ करोड १३ लाख,हिमालयन लघुवित्तको १० करोड २६ लाख र सुपरमाई हाईड्रोको सेयरमूल्य ८ करोड ९६ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज ईमर्जिङ नेपाल,मिडसोलु हाईड्रो र बुद्धभूमी नेपाल हाईड्रोका सेयरमूल्यमा सकारात्मक  सर्किट लाग्यो । यो दिन माण्डु हाईड्रोको सेयरमूल्य ८.४३ प्रतिशत, सुपरमाई हाईड्रोको ७.५८ र मन्दाकिनी हाईड्रोको सेयरमूल्य ६.७७ प्रतिशतले बढ्यो ।  

यो दिन माईखोला हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ६.५० प्रतिशतले घट्यो ।

यसका साथै आज नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ५.३१ प्रतिशत,पोखरा फाइनान्सको ५.१२ र स्वाभिमान लघुवित्तको सेयरमूल्य ४.५६ प्रतिशतले घट्यो ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.