आईतवार, असार १५,२०८२ 09:23:53
  • आईतवार, असार १५,२०८२ 09:23:53
Global IME Bank Limited

गिरावट नथामिँदा नेप्से २७ सय विन्दु तल, जानकार भन्छन्-‘छिट्टै सम्हालिन्छ बजार ’

Hyundai Nepal
गिरावट नथामिँदा नेप्से २७ सय विन्दु तल, जानकार भन्छन्-‘छिट्टै सम्हालिन्छ बजार ’
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २.०४ प्रतिशत अर्थात ५६.१६ अंकले बढेर २ हजार ६९३.४० विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.८९ प्रतिशतले घटेर ४८०.५१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३७ वटा स्क्रिप्टको २ करोड ६२ लाख ४६ हजार ४३५ कित्ता सेयर १० अर्ब ५१ करोड ७६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्,  नेपालको बजार ट्रेडर हाबी भएको बजार हो । अहिले खासगरी बजार घट्दा दुईथरी लगानीकर्ताले बिक्री दबाब दिएको देखिन्छ । एउटा भनेको अल्पकालिन नाफा बुक गर्नैहरु र अर्को भनेको ३२ सयमा फसेकाले लगानीकर्ताले बिक्री बढाएका छन् । यसैगरी ठू्ला लगानीकर्ता पनि पर्ख र हेरको अवस्थामा बस्दा बजारमा गिरावट आएको छ ।’

बजारमा अस्वभाविक बढाई र घटाई आईरहेकाले एकिन गरी बजारको अवस्थाबारे भन्न नसकिने उनले बताए । त्यसैले बजार २६ सय आसपासबाट फर्कन सक्ने दाबी पौडेलले गरे । उनले बजारमा आउने हल्लाको पछि नलागि आफ्नो विश्लेषण गरेर लगानी गर्न सुझाव समेत दिए ।  

अर्का बजार जानकार महेश रिजाल भन्छन्,‘आज बजारमा अन्तिम समयमा भोल्युम बढेको छ । यसले लगानीकर्ताको सेन्टिमेन्ट बिग्रिएको भन्न सकिन्छ । बजारमा उधारो कारोबार गर्नेहरुले बिक्री दबाब दिदा यस्तो अवस्था आएको भन्न सकिन्छ ।’

यद्यपी २६६० विन्दुबाट भोलिनै बजार फर्कन सक्ने रिजालले बताए ।    

CG Motors
Muktinath Bikas Bank Limited

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये म्युचुअल फण्ड बाहेक अन्य सबे समूहमा रातो पोतियो । आज म्यआज वित्त समूहमा सबैभन्दा धेरै गिरावट आएको ुचुअल फण्ड सम्रह ०.८० प्रतिशतले बढ्यो ।  

आज वित्त समूह ३.४४ प्रतिशतले घटेको छ । यस्तै आज बैंकिङ समूह २.३४ प्रतिशत, विकास बैंक १.८५, होटल २.९८, हाईड्रो २.४०,लगानी १.३३, जीवन बीमा १.४४,उत्पादन तथा प्रशोधन १.८०,लघुवित्त १.८८, निर्जीवन बीमा १.२३ र अन्य समूह १.०४ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन गूडविल फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ५२ करोड ३१ लाख बढीको सेयर कारोबार भयो । हिमालयन रि इन्स्योरन्सको आज ३३ करोड ४३ लाख, नेपाल फाइनान्सको ३३ करोड ३४ लाख, अपि पावरको २६ करोड ७३ लाख र अरुण भ्याली हाईड्रोको २१ करोड ९० लाख बढीको सेयर कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज सुपर माई हाईड्रो र हिमालयन पावर पार्टनरको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । यस्तै आज कुथेली  बुखरी स्मल हाईड्रोको सेयरमूल्य ८.७३ प्रतिशत र सामलिङ्ग पावरको सेयरमूल्य ५.८९ प्रतिशतले बढ्यो ।  

यो दिन पिपुल्स पावर र माईखोला हाईड्राको सेयरमूल्यमा सर्वाधिक अर्थात १० प्रतिशतको गिरावट आयो । आज थ्रि स्टार हाईड्रोको सेयरमूल्य ९.९९ प्रतिशत,उपकार लघुवित्तको ९.९१ र नेपाल फाइनान्सको सेयरमूल्य ९.५३ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.