सोमबार, श्रावण १८,२०८३ 11:42:40
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:42:40
Bizshala
Global IME Bank Limited

गिरावट नथामिँदा नेप्से २७ सय विन्दु तल, जानकार भन्छन्-‘छिट्टै सम्हालिन्छ बजार ’

गिरावट नथामिँदा नेप्से २७ सय विन्दु तल, जानकार भन्छन्-‘छिट्टै सम्हालिन्छ बजार ’
New Office

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २.०४ प्रतिशत अर्थात ५६.१६ अंकले बढेर २ हजार ६९३.४० विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.८९ प्रतिशतले घटेर ४८०.५१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३७ वटा स्क्रिप्टको २ करोड ६२ लाख ४६ हजार ४३५ कित्ता सेयर १० अर्ब ५१ करोड ७६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्,  नेपालको बजार ट्रेडर हाबी भएको बजार हो । अहिले खासगरी बजार घट्दा दुईथरी लगानीकर्ताले बिक्री दबाब दिएको देखिन्छ । एउटा भनेको अल्पकालिन नाफा बुक गर्नैहरु र अर्को भनेको ३२ सयमा फसेकाले लगानीकर्ताले बिक्री बढाएका छन् । यसैगरी ठू्ला लगानीकर्ता पनि पर्ख र हेरको अवस्थामा बस्दा बजारमा गिरावट आएको छ ।’

बजारमा अस्वभाविक बढाई र घटाई आईरहेकाले एकिन गरी बजारको अवस्थाबारे भन्न नसकिने उनले बताए । त्यसैले बजार २६ सय आसपासबाट फर्कन सक्ने दाबी पौडेलले गरे । उनले बजारमा आउने हल्लाको पछि नलागि आफ्नो विश्लेषण गरेर लगानी गर्न सुझाव समेत दिए ।  

अर्का बजार जानकार महेश रिजाल भन्छन्,‘आज बजारमा अन्तिम समयमा भोल्युम बढेको छ । यसले लगानीकर्ताको सेन्टिमेन्ट बिग्रिएको भन्न सकिन्छ । बजारमा उधारो कारोबार गर्नेहरुले बिक्री दबाब दिदा यस्तो अवस्था आएको भन्न सकिन्छ ।’

यद्यपी २६६० विन्दुबाट भोलिनै बजार फर्कन सक्ने रिजालले बताए ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये म्युचुअल फण्ड बाहेक अन्य सबे समूहमा रातो पोतियो । आज म्यआज वित्त समूहमा सबैभन्दा धेरै गिरावट आएको ुचुअल फण्ड सम्रह ०.८० प्रतिशतले बढ्यो ।  

आज वित्त समूह ३.४४ प्रतिशतले घटेको छ । यस्तै आज बैंकिङ समूह २.३४ प्रतिशत, विकास बैंक १.८५, होटल २.९८, हाईड्रो २.४०,लगानी १.३३, जीवन बीमा १.४४,उत्पादन तथा प्रशोधन १.८०,लघुवित्त १.८८, निर्जीवन बीमा १.२३ र अन्य समूह १.०४ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन गूडविल फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ५२ करोड ३१ लाख बढीको सेयर कारोबार भयो । हिमालयन रि इन्स्योरन्सको आज ३३ करोड ४३ लाख, नेपाल फाइनान्सको ३३ करोड ३४ लाख, अपि पावरको २६ करोड ७३ लाख र अरुण भ्याली हाईड्रोको २१ करोड ९० लाख बढीको सेयर कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज सुपर माई हाईड्रो र हिमालयन पावर पार्टनरको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । यस्तै आज कुथेली  बुखरी स्मल हाईड्रोको सेयरमूल्य ८.७३ प्रतिशत र सामलिङ्ग पावरको सेयरमूल्य ५.८९ प्रतिशतले बढ्यो ।  

यो दिन पिपुल्स पावर र माईखोला हाईड्राको सेयरमूल्यमा सर्वाधिक अर्थात १० प्रतिशतको गिरावट आयो । आज थ्रि स्टार हाईड्रोको सेयरमूल्य ९.९९ प्रतिशत,उपकार लघुवित्तको ९.९१ र नेपाल फाइनान्सको सेयरमूल्य ९.५३ प्रतिशतले घट्यो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.