बिहीबार, बैशाख ३१,२०८३ 07:15:12
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:15:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेप्से परिसूचक र कारोबार दुवैमा उच्च वृद्धि, जानकार भन्छन्, ‘नयाँ गभर्नरको प्रतिक्षामा लगानीकर्ता’

Laxmi Sunrise Bank Limited
नेप्से परिसूचक र कारोबार दुवैमा उच्च वृद्धि, जानकार भन्छन्, ‘नयाँ गभर्नरको प्रतिक्षामा लगानीकर्ता’
Shivam Cement

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक २.६२ प्रतिशत अर्थात ६९.८० अंकले बढेर २ हजार ७२७.५८ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.०६ प्रतिशतले बढेर ४५८.३७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३० वटा स्क्रिप्टको २ करोड ४८ लाख ४८ हजार ०७९ कित्ता सेयर १२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Bizshala
New Office
CG Motors

आजको बजारबारे बजार नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार भन्छन्, ‘आजको बजार बढ्नुलाई नयाँ आउने गभर्नरको स्वागत र हालका गभर्नरको बिदाईको रुपमा लिन सकिन्छ । नयाँ गभर्नर आएसँगै नीतिहरु परिवर्तन हुने कुराले लगानीकर्ता उत्साहित देखिएका छन् ।’

यस्तै बैंकहरुमा भएको प्रयाप्त तरलता र बजारको समग्र अवस्था सुधारोन्मुख रहेकाले आज बजारमा उछाल देखिएको रौनियारले बताए । ‘आजको जस्तै उच्च कारोबार आगामी दिनमा पनि भए बजारले बिस्तारै गति लिनेछ,’ उनले भने ।  

अर्का बजार जानकार उपेन्द्र पाठकले पनि नयाँ गभर्नरको विषयमा आज बजारमा सकारात्मक प्रभाव परेको बताए । ‘हालका गभर्नरको कार्यकाल समाप्त हुँदैछ । जादाजादै हालका गभर्नरले नीतिमा परिवर्तन गर्ने वा नयाँ आउने गभर्नरले यस्तो गर्नसक्ने सम्भावनाका बीच आज बजारमा उच्च वृद्धि देखिएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा पनि बजारलाई सकारात्मक प्रभाव पार्ने कुरा आउन सक्ने उच्च सम्भावना भएकाले बजारमा उत्साह छाएको छ,’ उनले भने ।  

धेरै दिनपनि आज खुलेको बजारमा आज भोल्युम बढेको देखिएको र यही आधारमा बढ्दै जाने हो भने पहिलेको रेकर्ड पनि तोडिने उनले बताए ।      

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । आज लघुवित्त समूह सर्वाधिक अर्थात ४.९२ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह २.५२ प्रतिशत, विकास बैंक ३.१५,फाइनान्स १.२९,होटल १.८२,हाईड्रो १.४१,लगानी ३.३८,जीवन बीमा २.४३,उत्पादन तथा प्रशोधन ३.०७,म्युचुअल फण्ड ०.१७,निर्जीवन बीमा ३.७१ र अन्य २.६३ प्रतिशतले बढ्यो ।  

Garima Development Bank
Shivam Cement
IME remit

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एनआरएन इ्रन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ४१ करोड ९७ लाख बढीको कारोबार भयो सप्तकोशी डेभलपमेन्ट बैंकको पनि आज ३५ करोड २६  लाख, सिन्धु विकास बैंकको ३० करोड ६१ लाख,हिमालयन पावर पाटर्नरको २९ करोड ८१ लाख र हिमालयन रि इन्स्योरेन्सको २७ करोड ८१ लाख बढीको कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ९ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज उन्नती सहकार्य लघुवित्त,ग्लोबल आइएमई लघुवित्त,अभियान लघुवित्त,विजय लघुवित्त,भूगोल ईनर्जी,ग्रामीण विकास बैंक,एनएमबी माइक्रोफाइनान्स,समता घरेलु लघुवित्त र न्यादी हाईड्रोको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यो दिन सामूदायिक लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य ८.२० र माथिल्लो मैलुङ खोलाको सेयरमूल्य ५.८५ प्रतिशतले घट्यो ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.